धनुषाको भठिहनमा भब्यताका साथ चैती दशैं मनाइदै
Advertise Here Book Now


जीतेन्द्र कुमार राम
जनकपुरधाम,११ चैत्त।।
धनुषाकै सबभन्दा ठुलेा नगरपालिकाका रूपमा रहेका सबैला नगरपालिकामा भब्य चैती दशै आरम्भ गरिएको हो।

नगरपालिकाको वडा नं.९ भठिहनमा चैती दुर्गा पुजा केही बर्षदेखी मनाउन थालिएको हो।उक्त पुजाको उपलक्ष्यमा मेलालाइ सफल पार्न विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आरम्भ गरिएको हो।

विभिन्न खेलहरु मध्ये श्री सेखर प्रा बी मैदानमा तीन दिने कबड्डि,कुश्ती जस्ता कार्यक्रमहरु आयोजन गरेको हो।तीन दिन सम्म नाच ,कबडी र कुशती खेलमा स्थानीय खेलाडी लगायत बाहिरका खेलाडीहरु प्रतिस्पर्धा गर्ने छ।बिजयी हुने टिम तथा खेलाडीहरु लाई मेडल , कपका साथ साथेेेे नगद पुरस्कारको पनि ब्यबस्था गरेको छ।

पहिलो दिन खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर २ का प्रदेश सान्सद किशोरी साहले खेलको उद्घाटन गर्नु भएको हो।

सबैला नपा को उप प्रमुख निलु कापरको अध्यक्षता र प्रमुख बिजय शंकर साहको विशिष्ट आतिथ्य र पुर्ब गाबिसअध्यक्ष रामपदार्थ कापर लगायत स्थानीय विभिन्न पार्टीका नेताहरुको उपस्तिथि रहेको थियोे।कबडी खेलबाट पहिलो दिनको खेल सुरुवात भइसकेको हो।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्