प्रधानमन्त्री ओली र भारतबीच भयो यस्तो सहमति, भारतको शरणमा जान ओली तयार
Advertise Here Book Now

चैत्र ९  । प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमण तय भएको छ । उनी चैत २३ देखि २५ सम्म भारत आउने घोषणा केहि दिनमा हुने छ । ओलीले पहिलो भ्रमण भारतलाई रोजेका छन् । नेपाली अधिकारीका अनुसार नेपाल र भारतका परराष्ट्रमन्त्रालयले केहि दिनमै एकैपटक भ्रमणको मिति घोषणा गर्ने छन् । दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाइ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोनबाट र औपचारिक पत्र पठाइसकेका छन् । नेपाली दूतावासका प्रबक्ता हरि ओडारीले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको तर मिति घोषणा भै नसकेको बताए । कुटनीतिक श्रोतका अनुसार ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि भारतले प्रस्ताव गरेको थियोे । तर नेपालले एक दिन पहिला हुने जवाफ पठायो । भारतले ओलीको अनुकुल हुने गरि चैत २३-२५ मा सहमति जनाएको छ । पहिलो प्रधानमन्त्रीका रूपमा ओलीले २०७२ फागुन ७ देखि ११ सम्म भारत भ्रमण गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्