नेपालको गैंडा चिनलाई उपहार दिन ८० जनाको टोली जंगलमा
Advertise Here Book Now

बैशाख १६ । चीनलाई उपहारस्वरुप पठाउने भिनिएको गैंडालाई नियन्त्रण गरेर बोमामा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहान क्षेत्रमा भेटिएको गैंडाको बच्चालाई शनिवार राती नै सौराहा ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा निमार्ण गरिएको ‘पिट बोमा’ मा राखिएको छ । अन्दाजी डेढ देखि दुई वर्षको भाले गैंडालाई डाट गरेर नियन्त्रणमा लिइएको छ ।
चीन पठाउनु अघि जंगलबाट ल्याएको गैंडालाई बोमामा राखेर मानिससँग घुलमिल हुन सिकाइन्छ । मानिसको ब्यवहारसँग नजिक बनाउँदै ‘पिट बोमा’ बाट  बोमामा सारिन्छ । पूर्ण रुपमालान सकिने भएपछि मात्रै चीन पठाइने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताए । गैंडाको आनीबानी र खानपिनको अध्ययन गरेर चीन पठाइने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा चीनलाई गैंडा उपहार दिने निर्णय गरेका थिए । २०७३ असार २६ गते सरकारले चीनलाई गैडा उपहार दिने निर्णय अुनसार चारवटा पठाउन लागिएको हो ।

बाँकी तीनवटा गैंडाको बच्चाको पनि खोजी कार्य तीब्र पारिएको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए ।  चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा कार्यरत प्राविधिकसहितको टोली, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गणसहित ८० जनाको टोली एक सातादेखि जंगलमै रहेको छ । नेपालबाट लगिएको गैडा चीनको छिन्दु र गोन्जाओमा रहेको मानवनिर्मित पार्कमा राखिने बताइएको छ । यसअघि २६ वटा गैडा उपहारस्वरुप अन्य मुलुकमा पठाइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्