देशको मुल मुहान कृषि नै हो ः मेयर शेख वकिल
Advertise Here Book Now


रौतहट, ०८ बैशाख ।
कृषि प्रधान देश नेपाल व्यवसायी तालिमको कमीले नै पछाडी परेको छ ।
समृद्ध नेपाल रौतहटको आयोजना र व्यावसायी तथा सीप तालिम केन्द्र राजपुर रौतहटको सहयोगमा ३२ दिने तरकारी खेती तालिमको आज प्रदेश नं २ नेपाल न.पा.संघ अध्यक्ष तथा परोहा न.पा.का मेयर शेख वकिलले दिप प्रज्लन गरी उदघाटन गर्नु भएको छ ।
देशको मुल मुहान फेर्ने हो भने कृषि क्षेत्रमा विभिन्न किसिमको तालिम आर्य आर्जन तिर लागन आवश्यक रहेको मेयर शेख वकिलले बताएका छन ।
किसानहरुको लागि खेती सम्बन्धी सरकारले कुनै वस्ता नगरेको कारण आजको दिनमा देशमा ठूलो बेरोजगारी सृजना उत्पन्न भएको छ । सडक र विधुत मात्र  विकास होईन परोहा नगरपालिकाका सबै वडामा माछा, ब्राखा, गाई, भैँसी, कुखुरा पालन र कृषि क्षेत्रमा अबको लगानी हुने मेयर शेख वकिलले बताएका छन ।
कार्यक्रमको अध्यक्षता वडा नं ९ का अध्यक्ष शेख इनुसले गर्नुभएको थियो । न.पा. ३ का अध्यक्ष महेश सिंह, व्यावसायी तथा सीप तालिम केन्द्र राजपुरका रिजवान अस्लम, सशस्त्र सिमा बेस क्याम्प रामपुर खापको प्रहरी निरीक्षक तिलक पाण्डे लगायतका सहभागीहरुले कृषकहरुको लागि धेरै नै उपयोगी र सराहनीय तालिम रहेको बताएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्