सडक फराकिलो पार्न आग्रहलाई अटेरी गरे बल प्रयोग गर्न पछि नहट्ने - प्रमुख मुनि साह
Advertise Here Book Now

फिरोज शेख लहान २०७५ बैशाख २८ । दुई दशकभन्दा वढी समयदेखि लहानको मुख्य चोकको सडकको दुबैतिर फुटपाथमा घर टहरा , फलफूलको पसल , हुडिङग वोर्ड राखेको कारण सडकअवरुद्ध भईरहेकोले यो समस्या तत्कालै समाधान गर्नको लागि लहान नगरपालिका प्रमुख मुनि साहस्थानीयहरुसंग छलफललाई तिव्रता दिनु भएको छ ।जनप्रतिनिधि नहुँदा कर्मचारीहरुलाई वास्तै नगरि सडकमै पसल थपेर सडकमा कब्जा जमाईरहेका पसलेहरुसंग घर टहरा हटाएर अन्तिम पटकको लागि सुचना जारी भैसकेको अवस्थामा अटेरी गरे वल प्रयोग गरेर भएपनि सडक खाली गराई छाडने लहान १ का तरकारी बजारका स्थानीयहरुसंगको छलफलमा दृढता व्यक्त गर्नुभयो । स्थानीय ज्ञान कुमार साह , शंकर प्रसाद गुप्ता , सन्तोष थापा , बलदेव कार्की लगायतकाहरुले नगरपालिकाले गर्ने यो कार्यमा स्थानीयहरुले खुलेर सहयोग साथ दिने वचनवद्धता व्यक्त गर्दै तरकारी बजारको व्यावस्थापन नहुँदा सडकमै विहान वेलुका तरकारी हटिया लाँगदा आतजावत नै अवरुद्ध हुने गरेको समस्या पनि स्थानीयहरुले राख्नुभयो । स्थानीयहरुको जिज्ञासामा प्रमुख साहले भन्नुभयो, विकासको काम लहान नगरपालिकामका अब द्रुतगतिमा अगाडि बढाउन जनप्रतिनिधिहरु आतुर रहेको भन्दै जटिलताहरु देखिए त्यस्ता जटिलताहरु समाधान गर्न स्थानीयहरुसंग छलफल गर्दै फुकाउदै अगाडि वढछौ ।

सडकमा चौपाया पशु नियणत्रण , तरकारी तथा फलफूल हटिया व्यावस्थापन , पूर्व पश्चिम लोकमार्गको दुबैतर्फ ३१ ÷३१ मिटर गर ६२ मिटर खाली , नगर विकास क्षेत्रको जमीनको व्यावस्थापन , ठप्प भएका नालाहरुको निकासी , सरसफाई जस्ता कामहरुमा स्थानीयहरुले नसघाए सुन्दर सम्पन्न र सुन्दर लहानको सपना सकार हुन सक्दैन । तसर्थ सवै नगरवासीहरुले विकासको लागि सहज वातावरण बनाई दिनुपर्छ जटिलता थपेर नहुने नगरप्रमुख साहले पटक पटक आग्रह गर्नुभयो । चुनावमा गरेका हरेक प्रतिवद्धता मेरो दिल र दिमागमा नाँचीरहेको छ भन्दै प्रमुख साहले शिक्षा स्वास्थ्यमा देखिएका कमि कमजोरी समेत सुधार गर्न सरोकारवालाहरुलाई जिम्मेवार बनाउने काम नगरपालिकाले गरिसकेको भएपनि स्थानीय जनताले समेत सजग रहनुपर्ने बताउनुभयो । सडक किनारा , नहरका किनारामा रहेका गरीव दलितका सुखम्वासी बस्तीहरुलाई व्यवस्थित बवोवासको लागि दिर्घकालिन रुपमा समस्या समाधान हुनेगरि योजना बनिरहेको स्थानीयहरुको प्रश्नको जवाफमा नगरप्रमुख साहले प्रष्टयाउनुभयो ।विस वर्षभन्दा वढी समयदेखि मुख्य चोककमा पसल थपेका फुटपाथका पसलेहरुलाई पसल हटाउन घर टहरा हटाउन गोहीको आसु खसिरहेको छ ,तर अब हटाउनुको कुनै विकल्प छैन । नगरपालिकाले गरेको पटक पटकको आग्रहलाई अटेरी गरे अब चुप लागेर बस्न नसक्ने भन्दै प्रमुख साहले चुनावमा कुनै खास दलबाट उम्मेदवार भएपनि चुनिएर आएपछि सवै दलसंग उस्तै व्यवहार गरेर एकता र विकासको आवश्यक्ता रहेको अनुभूति गराएर अगाडि वढने विश्वास .उहाँले व्यक्त गर्नु भएको सरगम सहकर्मी ः जिवछ उदासीले जानकारी दिनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्