काठमाडौं प्रहरी द्वारा दुई करोड ६० लाख भन्दा बढी नेपाली नक्कली रुपैयाँसहित ६ जना पक्राउ
Advertise Here Book Now

जेठ २। फिल्म निर्माता एवम् वितरण माधव वाग्लेसहित ६ जनालाई प्रहरीले २ करोड ६० लाख नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ। प्रहरीले वाग्लेसहित महेन्द्र वोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, विकेश नापितलाई पक्राउ गरेको हो।प्रहरीले उनीहरुलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबुबाट पक्राउ गरेको हो।उनीहरुबाट २ करोड साठ्ठी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नेपाली रूपैयाँका नोट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।काठमाडौं महानगरपालिका १ चारढुङ्गेस्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठाबाट मात्र १ हजार दरका २ करोड ५२ लाख नक्कली नेपाली रूपैयाँ बरामद भएको हो।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्