आफ्नै छोरा द्वाराआमाको हत्या
Advertise Here Book Now

सिरहा, ३० वैशाख । सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले आमाको हत्या गरेको छ । सिरहाको भगवानपुर गाउँपालिका वडा नं. १ बस्ने ३५ वर्षीय कान्छो छोरा धिरज कुमार पौडेलले मादक पदार्थ सेवन गरी ढोकाको आग्लोले कुटपिट गरी आमा ७६ वर्षीया कौशिला देवी पौडेलको हत्या गरेको छ ।हत्या गर्ने कान्छो छोरा धिरज पौडलेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला अदालत सिरहाबाट म्याद थपगरी आवश्यक अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्द्रले बताएकाछन् ।शव पोष्टमार्टम गरी दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्