शहिदनगरमा पहिलो पटक हाजिरी प्रतियोगिता सम्पन्न
Advertise Here Book Now

नरेशचन्द्र धनुषा,जेठ १२ गते ।
 शहिदनगर नगरपालिकामा पहिलो पटक  हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ ।नगर शिक्षा समिति द्वारा आयोजित हाजिरी जबाफ प्रतियोगितामा नगरपालिका भित्रका २८ वटा प्राथमिक तहका विद्यालयहरुको सहभागीमा  प्रतियोगिता भएको थियो ।नगर शिक्षा समितिका अध्यक्ष रामरतन पासवानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उदय कुमार बरबरिया,श्रोत व्यक्ति धनेश्वर यादब,विभिन्न विद्यालयका प्र.अ,शिक्षक,विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।उक्त हाजिरी जवाफ प्रतियोगितामा प्रथम जनत आधारभुत विद्यालय कुम्भ्करण,दोस्रो आधाभुत मदर्शा दारुस्लाम अलसफिया यदुकुहा, राम पृत रा.प्रा.बि कुम्भकरण तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।उक्त कार्यक्रममा विजय भएका छात्रछात्रालाई मेयर बरबरिया द्वारा  सम्मान पत्र सहित उचित पुरस्कार बितरण  गरेका छन ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर बरबरिया यस नगरपालिकालाई शिक्षा देखि सम्पुर्ण क्षेत्रमा शहिदनगर एउटा नमुना नगरपालिकाका रुपमा चिनिने छ ।नगर शिक्षा  उकास्नको लागी नगर परिषद बाट बजेट छुट्याइएको छ ताकी शिक्षामा तत्काल सुधार गर्ने लक्ष्य रहेको र आगामी दिनमा निरंतर यस्ता क्रियाकलापहरु,प्रतियोगिताहरु भब्यता साथ मनाईने छ सबैको  सल्लाह र  सुझावले हामी आगडी बढने छौ साथै सम्पुर्ण प्र.अ लाई समेत सल्लाह र सुझाव दिन  आग्रह गरेका छन अन्त्यमा हाजिरी जबाफ प्रतियोगिता सफलताको काममा  समेत गरेका थिए भने कार्यक्रम संचालन राजकुमार कर्माचार्यले गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्