प्रमुख सचेतकमा फोरमका सांसद् अरगरीया नियुक्त
Advertise Here Book Now


जनकपुरधाम,२८ जेठ ।
संघीय समाजवादी फोरम नेपालको प्रमुख सचेतकमा धनुषाका सांसद् उमाशंकर अरगरीयालाई नियुक्त गरिएको छ । धनुषाबाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतले निर्वाचित अरगरीयालाई संघीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।
पार्टीको संघीय संसद दलको कार्यालयको पत्रमा धनुषा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद् अरगरीयालाई दलको प्रमुख सचेतकको रुपमा नियुक्त गरिएको उल्लेख छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले हस्ताक्षर गरी संघीय संसद सचिवालयलाई काटिएको पत्रमा सांसद् अरगरीयालाई संसदीय दलको नेतामा चयन गरिएको उल्लेख छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्