मेयर नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा बाजुमावि प्रथम
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २५ जेष्ठ । मिर्चैयामा भएको प्रथम मेयर नगरस्तरीय हाजिरीजबाफ प्रतियोगितामा बाजु माबि फुलबारीयाले प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा आधारभुत बिद्यालय राघोपुर दोस्रो र मोहन मावि मिर्चैया तेस्रो स्थान प्राप्त गरेका छन् । नगरपालिका भित्र रहेका तीनवटा मावि र तीनवटा आधाभुत बिद्यालय गरी ६ वटा बिद्यालयका सहभागिता रहेको प्रतियोगितामा आधारभुत बिद्यालय सितापुर चौथो, शारदा माबि रामपुरबिर्ता पाचौं र आधारभुत बिद्यालय मल्हनियाखोरी छैठौं भएका छन् । बिजेता बिद्याथीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र, समान्य ज्ञान, स्टेशनरी र फुटबल प्रदान गरिएको आयोजकले जनाए ।
प्रत्येक बिद्यालयबाट तीन–तीनजना बिद्यार्थीहरुलाई सहभागि गराई प्रतियोगिता गरिएको आयोजक संस्था ग्रामिण जागरण समाज धनगढीमाईले जनाए ।
ग्रामिण जागरण समाज धनगढीमाईको अध्यक्ष हिरालाल चौधरीको अध्यक्षतामा विहिबार भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादब, बिशिष्ठ अतिथिका रुपमा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडेल लगायतका सहभागिता रहेको थियो । 
नगरपालिकाका शिक्षा शाखाका बिनी बुद्धिमान दनुबार र श्रोतब्यक्ति श्याम यादबको बिशेष उपस्थितमा भएको कार्यक्रमा विषय बिशेषज्ञ तथा निर्णायक समितिको रुपमा प्रदिप साह, बिजय लामा र राम नारायण साह रहेका थिए ।   
मिर्चैया नगरपालिकाका आर्थिक सहयोग र ग्रामिण जागरण समाज धनगढीमाईको आयोजनामा प्रतियोगिता सम्पन्न भएको छ । 



Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्