बालबालिकाकालाई अवसर दिनुपर्छ ः अध्यक्ष राय
Advertise Here Book Now

संजय विश्वकर्मा लहान ३१ , जेष्ठ बालमैत्रि गाउँपालिका निर्माण गर्नकालगी आगामी दिनमा कार्यान्वयन सहितको बाल संरक्षण निति ल्याउने सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष धर्मेन्द्र कुमार रायले बताउनुभएकोछ । लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नं. २ मा संचालित जिवन उपयोगी सिप तथा बाल अधिकार सम्बन्धी ५ दिने तालिमको समापन समाहरोहमा प्रमुख अतिथिको रुपमा बोल्दै वडा अध्यक्ष रायले बाल बालिकाहरुले हाल सम्म पनी राज्यले दिएको अधिकार प्रप्त गर्न नसकेकोमा दुःख ब्यक्त गरेका छन । समाजमा हाल सम्म पनि परम्परागत मानसिकता बोकेका मानिसको जमातका कारण सामाजिक निर्णयहरुको क्रियाकलापमा बालबालिकालाई सहभागी नगराएकाले बालबालिकाको चौतर्फी बिकास हुन नसकेको बताएका छन । सामाज स्तरको हरेक क्रियाकलापहरुमा बालबालिकाहरुलाई सहभागी गराएर , आफनो कुरा राख्ने अवसर दिएमा उनिहरुको क्षमता बिकास हुने भएकोले सामाजका अगुवा , बुद्धिजिबीहरुको , अभिभावकहरुको समेत सहयोग चाहएको उनको कथन रहेको थियो । बाल बालिका लक्षित कार्यक्रम अन्तर्गत लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नं. २ पोखरभिण्डाको सहयोगमा संचालित तालिममा बाल संरक्षण निति , बाल सहभागिता , बाल बिकास , लगायत बालबालिकाहरुलाई चौतर्फी विकास गर्नका लागी जिवन उपयोगी सिपको बारेमो बिषेश रुपले छलफल भएको आयोजक जागरण नेपाल लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नं. २ का अध्यक्ष ज्ञानेन्द्र कुमार रायले जानकारी दिनुभएकोछ । तालिममा ५० जना बालबालिकाको सहभागिता रहेको थियो । जागरण नेपालका अध्यक्ष ज्ञानेन्द्र कुमार रायका अनुसार महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले महिला लक्षित कार्यक्रम अन्तर्गत ३० , ३० जनाको सहभागितामा वडा नं. २ र १ मा महिना दिने सिलाई कटाई तालिम संचालनमा रहेकोछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्