लहान नगर प्रमुख भन्छन्—‘मलाई उल्टो लाग्न थालेको छ,पुरुष हिंसा बढ्दो’
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, २२ जेठ । महिला हिंसाको चरम रुप लिइरहेको बेला लहानमा पुरुष हिंसाको घटना बढिरहेको लहान नगरपालिकाका मेयर मुनि साहले बताउंछन् । उहांले आधुनिक र शहरीकरणले महिला हिंसा न्युनिकरणको लागि आवाज उठाउंने संघसंस्थाहरु सक्रिय रहेको जायज हो । तर, पुरुष हिंसाको लागि समाधानको उपाय खोजिदिने धेरै नै कम अधिकारकर्मी रहेको एक कार्यक्रम उहां मेयर साहले बताउंछन् ।


सर्च फोर कामन ग्राउण्डको सहयोगमा नेपाल पत्रकार महासंघ सिरहाले लहानमा आयोजना गरेको दूई दिने ( जेठ २० र २१) सुरक्षा र न्याय सम्बन्धि पत्रकारिता तालिममा मेयर साहले ‘मलाई उल्टो लाग्न थालेको छ ।’ ‘हामी कहां अन्यायमा परेका दर्जनौ पुरुष आउंछन् ।’ ‘उनीहरु आफ्नै घरपरिवारका महिलाबाट हिंसा खेपिरहेको सुनाउंछन् ।’ ‘समाधानको बाटो खोजी गरिदिन छलफल गर्छन् ।’ उहां बताउंछन् ।
आधुनिक तथा भड्किलो युगमा अधिकार सबैलाई बराबरी चाहिएको छ । महिलालाई आवश्यकता अनुरुप साधन स्रोत तथा धनसम्पतिमा अधिकार नदिएपछि उनीहरु पनि अधिकारको लागि आवाज उठाउंन थालेको छ । तर, अधिकारको नाममा हिंसातर्फ उन्मुख हुनु कद्दापी न्याययोग्य होइन । यसैका एक उदाहरण बनेका छन् लहान ७ का रामकुमार गुप्ता (विनोद) । यथेष्ट सम्पति भएपनि विनोद र उनकी पत्नि सम्बन्धविच्छेदको चरणमा पुगेका छन् । भड्किलो युग अनुरुप विनोदले आफ्नी पत्निलाई सहयोग नगरेकोले उनमाथी एक पटक हत्याको प्रयास भयो । विनोद छुरा प्रहारबाट घाईते भएका थिए । विभिन्न यातना दिंदै आएकी उनकी पत्नि यत्तिबेला दशौ करोडको सम्पति लिएर उनका पत्नि विराटनगर बस्न थालेका छन् । विनोद खान बस्न, औषधोपचार र आवश्यक अधिकारबाट बंचित भएर लहानमा जेनतेन जीवन पालिरहेका छन् । लहानमा यस्ता कैयन पुरुष महिलाबाट पीडा खेपिरहेका छन् ।
यसैबीच २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नपा ३ का २१ वर्षीय श्यामकान्त दासलाई अदालतले जेठ २० गते पाँच वर्षको कैद सजायको फैसला गरेको छ । न्यायाधीश लोकजङ्ग शाहको इजलासले पाँच वर्षकैद सजायको फैसला गर्नुका साथै आरोपितबाट पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ । पीडित महिलालाई आरोपितले ०७४ जेठ १७ गते बलात्कार गरेको भन्दै पीडितले जेठ १८ गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण ०७४ जेठ १९ गते सुनसरीको इनरूवास्थित जिल्ला अस्पतालमा भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्