मिर्चैयामा बाल भित्तेपत्रिका तालिम सुरु
Advertise Here Book Now



राम नारायण पंडित, सिरहा, ३१ जेष्ठ । मिर्चैयामा तीन दिने बाल भित्तेपत्रिका लेखन तथा प्रकाशन तालिम सुरु भएको छ । मिर्चैया नगरपालीकाको आयोजना र धमिनी साप्ताहिक पत्रिका गोलबजारको सहजीकरणमा आजदेखि तीन दिने तालिम सुरु भएको छ । पत्रिकाका प्रतिनिधि आशिष विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा नगरपालिकाका मेयर श्रबण कुमार यादब, बिशिष्ट अतिथिका रुपमा उपमेयर जिबछी देवि साह र प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलको उपस्थित रहेको थियो । तालिमा नगरपालिका भित्रका सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष रामबाबु यादबले बताए । पत्रकार आशिष बिश्वकर्मा र राम नारायण पंडितले तालिममा सहभागिहरुलाई प्रशिक्षण दिईरहेको आयोजकले जनाए । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्