पटना—मधुवनी जोड्दै कान्छो अध्यक्ष केदारनाथले गाउंको मुहार नै फेरे
Advertise Here Book Now

दिनेश्वर गुप्ता  नवसंग्राम दैनिक लहान, २३ जेठ । ‘जीन्दगीमा सपना पनि नदेखेको थिए ।’ तर,‘ विपनामा पाएको छु ।’ दुर्गम ग्रामिण वस्तीमा जब कालोपत्रे (पिच) सडक निर्माण देखेर सखुवानन्कारकट्टी १ देवनारायण यादव हर्षित भए । सखुवानन्कारकट्टी गाउंपालिकाले विकासको गति दिन करिब २ किलो मिटरको कालोपत्रे सडक निर्माण थालेको छ । तीन खण्डमा निर्माण हुन लागेको सो कालोपत्रे सडकले मिर्जापुर कटनियां नदीदेखि भौरसम्म जोड्ने भएको छ । यसमा सखुवानन्कारकट्टी १ र ३ वडासहित लतयाही रहेको छ । कालोपत्रे सडक निर्माणको बीचमा रहेको कटनियां नदीमा ५ करोड लागतमा पुल राखिने भएको छ । स्थानीय प्रविण यादवले ‘यो कालोपत्रे सडकले हजारौले सेवासुविधा पाउंने छ ।’‘विगतमा एम्बुलेन्सलगायत सवारी साधन ओहोरदोहोर गर्न नसकेर कतिको मृत्यु भएको हो ।’‘ अब आश पलाएको छ ।’ यादव बताउंछन् । गाउंपालिका अध्यक्ष केदारनाथ यादवले ‘यो भविष्यमा रिंग रोडमा समावेश हुने छ ।’ रिंग रोडको लागि सखुवानन्कारकट्टी गाउंपालिकाले सात किलो मिटरको सडक तयारी गरिरहेको छ । कति ठाउंमा माटो र ग्राभेलको काम भइसकेको छ । सम्भवत उमेरले सिरहाको कान्छो अध्यक्ष रहेका केदारनाथ यादवले सखुवानन्कारकट्टी १ र २ वडालाई जोड्न सवा किलोमिटरको सडक निर्माण गरेको छ । जसले पटना, मधुवनी, लतयाही, सोठियाईन, मौवाही हुंदै सितापुर गाउंको लागि सेवा सुविधामा जोड दिएको छ ।  कान्छो अध्यक्ष यादवले गाउंमा विकासको लहर जगाउंन थालेपछि वृद्धवृद्धा समेत हर्षित हुंदै सखुवानन्कारकट्टी ४ की कोशिला खंग मण्डल भन्छिन् —‘पहिले थलचिकर (हिलो) ले बेलगाडा समेत चल्न गाह्रो थियो ।’‘अहिले मोटरगाडी हुरुरु चल्न थालेको छ ।’ कान्छो अध्यक्ष यादवले यस बर्ष कालोपत्रे, पांचै वडामा माटो ग्राभेलको सडक निर्माण गरेको छ । झोलोगैं पुल, वडा ३ मा कल्र्भट निर्माण, पार्क वडा ५ मा १२ लाखमा मद्रसा निर्माण, महिला नेतृत्वको सामुदायिक भवन निर्माण गर्दै विकासको लहर ल्याएदिएको छ । सखुवान्नकारकट्टीमा विकासको लहर चलेपछि प्रशासकीय अधिकृत रमेश साहले ‘योजनाको सबै काम असार ५ गतेभित्र सम्पन्न हुने बताउंछन् । विकास निर्माणको लागि ५ करोड बजेट विनियोजित गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्