लहान नगरपालिकाको बजेट १ अर्ब ३५ करोड फोटो सहित
Advertise Here Book Now

फिरोज शेख लहान २०७५ असार ११ । जिल्लाकै प्रमुख केन्द्रको रुपमा हेरिएको लहान नगरपालिकाले “समृद्ध लहानको आधार ः कृषि, उद्योग, पर्यटन र पूर्वाधार”भन्ने मूल नाराका साथ स्वच्छ, समृद्ध र सुन्दर नगर निमार्ण गर्ने वाचासहित आर्थिक वर्ष ०७५/७६ को आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार दोस्रो नगर सभा गरेर नगरपालिकाले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। लहान नगरपालिका प्रमुख मुनि साह सुडीको अध्यक्षता तथा केन्द्रिय कानुन मन्त्री शेर वाहादुर तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमा सिरहा ३ का प्रतिनिधि सभा सदस्य लिलालनाथ श्रेष्ठ, सिरहा १ का प्रतिनिधि सभा सदस्य प्रदिप गिरी , सामानुपातिक प्रतिनिधि सभा सदस्य सरिता गिरि,सिरहा १ (क ) का प्रदेश सभा सदस्य लगन लाल चौधरी ,( ख ) प्रदेश सभा सदस्य अशोक यादव ,जनप्रतिनिधि ,नगरपालिकाको कर्मचारी संगै वुद्धिजीवि,नागरिक समाज , संचारकर्मी उपस्थित रहेको उक्त  नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका नगर प्रमुख मुनि साहले आर्थिक वर्ष ०७५/७६ का लागि लहान नगरपालिकाको बजेट १ अर्ब ३५ करोड २५ हजार रहेको  बताउदै नगरपालिकालाई प्रदेश स्तरकै शिक्षा हवको रुपमा बिकास गरीने बताएका छन्।
आगामी आर्थिक वर्ष ०७५/७६ को आय तर्फ संघीय सरकारबाट वित्तीय समानीकरण २१ करोड ८३ लाख , राजश्व वाडफाड १३ करोड , सामाजिक सुरक्षा तर्फ
१५ करोड ,सशर्त तर्फ २५ करोड ६३ लाख गरि ७५ करोड ४६ लाख , प्रदेश सरकारबाट वित्तीय सामान्यीकरण ५० लाख सशर्त १ करोड गरि १ करोड ५० लाख ,सडक बोर्डबाट १करोद ,आन्तरिक तर ५ करोड ५४ लाख २५ हजार ,चालु आर्थिक वर्षको असारमा बाँकी रहने बचत ३० करोड तथा न्यून पूर्तिको २१ करोड ५० लाख गरि जम्मा १ अर्ब ३५ करोड २५ हजारको आय अनुमान गरिएको र वय तर्फ चालु खर्च ६० करोड ७८ लाख ६७ हजार र पुँजीगत खर्च तर्फ ७४ करोड २१ लाख ५८ हजार प्रतावित गरिएको छ।
आगामी आर्थिक वर्ष ०७५/७६ मा नगरपालिका क्षेत्र भित्र नगर सभाहल , घण्टाघर , विधुतीय पुस्तकालय ,महिला विद्यालय , स्मार्ट मार्केट ,लहान चक्रपथ ,चिडिया घर लगायतका आयोजनाहरुलाई उच्च प्राथमिकतामा राख्दै नमुना नगर सडक निर्माण , विभिन्न सडक कालोपत्रे कार्य , व्यापारिक भवन निर्माण , वाचनालय भवन निर्माण , महिला विधालय भवन निर्माण , कृषि यान्त्रिक कार्यशाला निर्माण ,यान्त्रिक उपकरण खरिद ,चक्रपथ सिमाङ्गकन आदि कार्य अगाडी बढाउनका लागि समेत बजेटको व्यवस्था गरिएको छ।
आगामी आर्थिक वर्ष ०७५/७६ मा लहान नगरपालिकाले लिएका विभिन्न नीतिहरु अन्तर्गत पूर्वधार एवं शहरी विकाश , शिक्षा तथा खेलकुद ,स्वास्थ्य तथा सरसफाई,पशु ,कृषि ,सिचाई तथा भुमि र उधमशीलता , सामाजिक विकाश,विपद तथा वातावरण व्यवस्थापन ,संस्थागत विकास ,सेवा प्रवाह र सुशासन, बजेट निर्माण तथा कार्यान्वयन सम्बन्धि नीतिहरु रहेका छन् ।
यसै बीच प्रदेश नम्वर २ कुनै प्रदेश भन्दा गरीव नरहेको केन्द्रिय कानुन मन्त्री शेर वाहादुर तामाङ्ग बताउनु भएको छ ।“समृद्ध लहानको आधार ः कृषि, उद्योग, पर्यटन र पूर्वाधार”भन्ने मूल नाराका साथ आयोजना भएको लहान नगरपालिकाको दोस्रो नगर सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु हुँदै सरिता गिरीले शुभकामना मन्तव्य राखने क्रममा ७ वटै प्रदेशहरु मध्ये २ नम्बर प्रदेश सब भन्दा गरिब रहेको प्रशंग लाई जोड्दै कानुन मन्त्री तामाङ्गले यस्तो बताउनु भएको हो ।  “नेपालीसंग के छैन ? प्रकृति नदी नाला उर्वर भूमि जलश्रोत लगायत सवै थोक भएको देश नेपाल पनि गरीव छैन प्रदेश नम्वर २ त झन गरीव छैन । अब हामीले आफनो श्रोत साधनको खोजी गरेर देश प्रदेशको समृद्धिमा लाग्नुपर्छ” , उहाँले भन्नुभयो । 
भारत र चीनसंग समदुरीमा रहेर हामी हाम्रो देश प्रदेश आफैले बनाउन लागौ भन्दै मन्त्री तमाङ्गले मधेशको पक्षमा केन्द्रिय सरकार रहेकोछ , प्रदेश नम्वर २ को समृद्धिको आधार कृषि पर्यटन नै रहेकोले कोशी कमला डाईभर्सन संचालन गरेर प्रदेश नम्व २ लाई सम्पन्न बनाउन केन्द्रिय सरकारबाट हरेक सहयोग प्राप्त भईरहने विश्वास दिलाउनुभयो । मधेशमा पहिचान र संघियताको लागि भएको आन्दोलनको केन्द्रविन्दु लहानलाई समृद्ध सम्पन्न लहान बनाउनको लागि नगरपालिकाले सार्वजानिक जमीन छुट्टयाएर कृषि प्रयोजनमा लगाउनुस थोरै कर सरकारलाई दिएर उत्पादनमा जोड दिए समृद्ध लहान बनाउन अर्बौको बजेट आफ्नै श्रोत र साधनबाट पनि ल्याउन सक्ने संभावना रहेको उहाँले स्पष्ट गर्नुभयो । 
सामाजिक न्यायको लागि स्थानीय तहले स्वयम कानुन बनाउन सक्ने भएकोले न्यायको लागि केन्द्रकै मुख ताक्नु हुँदैन ,सिंहदरबारको अधिकार गाँउमा ल्याई पुरयाई दिएको यो संविधानलाई व्यवहारमा उतार्न स्थानीय तह सक्षम भएर काम गर्न पछि पर्नु हुँदैन, मधेशका सशस्त्र समूहहरुले हिंसात्मक गतिविधि छोडेर शान्ति विकासको लागि एकाकार भएर काम गर्ने वेला आएको छ  , मधेशमा रहेको नागरिकताको समस्या समाधान गर्न आवश्यक परे संविधान संशोधन गर्न पनि सरकार पछि हट्दैन मन्त्री तामाङ्गले प्रतिवद्धता व्यक्त गर्नुभयो । 
नेता लिलालनाथ श्रेष्ठ, प्रदिप गिरी , लगन लाल चौधरी ,अशोक यादवले अब बोलेर समय खेर फाल्ने बेला होईन , गरेर देखाउ । प्रदेश नम्वर २ कै संभावना भविष्य बोकेको लाहानको समृद्धिको लागि सवैको भावना र चाहनालाई समेटेर एकतावद्ध भई लहानको विकासमा लाग्न आग्रह गर्दै आवश्यक सहयोग केन्द्रिय र प्रदेशबाट लहान नगरपालिकालाई गराउन पछि नहट्ने दृढता वयक्त गर्नुभयो । यसै बीच २०७४  ÷ ७५ को बजेट कार्यान्वयनको लागि अहोरात्र  खटेका कर्मचारीहरुमा ज्ञानदेव सहनी , चन्द्र नारायण पासवान , राम कृष्ण महतो , लेखा अधिकृत मायानाथ अचार्य , वरिष्ट ईन्जिनियर शत्रुधन प्रसाद चौधरी र जन प्रतिनिधिहरुको तर्फबाट कृषि , शिक्षा , सरसफाई , सडक निर्माण , नक्सा  र खेलकुदको क्षेत्रमा योगदान पुर्याएका वडाध्यक्षहरु क्रमशः सुलेमान अन्सारी , प्रदिप चौधरी , विजय महतो , मन्टी कुमार मण्डल ,  प्रथमलाल चौधरी , मोहम्मद हकिम ,राज कुमार साह , गणेश चौधरी र कन्हैया गुप्ता प्रमाणपत्र सहित  पुरस्कृत भएका छन्। 
Image may contain: 3 people
Image may contain: 4 people, beard
Image may contain: 2 people, people sitting, flower and indoor
Image may contain: 2 people, people smiling, people standing
Image may contain: 5 people
Image may contain: 6 people, people smiling, people sitting and crowd
Image may contain: one or more people and people standing
Image may contain: 3 people

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्