मिर्चैया - कुष्टरोगी खोज्न स्वास्थ्य स्वयंसेविकाहरु गाउँगाउँमा
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १२ असार । मिर्चैया नगरपालिकाले कुष्टरोगी खोजी गर्न स्वास्थ्य स्वयंसेबिकाहरुलाई गाउँगाउँमा परिचालन गर्ने भएका छन् । नगरपालिकाका स्वास्थ्य शाखाले आज (मंगलबार) एक कार्यक्रम गरी स्बास्थ्य स्वयंसेबक र स्वयसेबिकाहरुलाई बुधबारदेखि कुष्टरोगी खोजी गर्न गाँउगाँउमा पठाउने बताएका छन् । नगरपालिकाका बडा नं. १, २, ३ र १२ मा कुष्टरोगीहरुमा देखिने नचिलाउने दागको खोजी गर्नका लागि असार १३ गते बुधबबारदेखि १५ गते शुक्रबारसम्म ७२ जना स्बास्थ्य स्वयंसेबक र स्वयसेबिकाहरुलाई परिचालन गर्ने मिर्चैया नगरपालिकाका स्बास्थ्य शाखा प्रमखु सुरेश सिंहले बताए । लाटो फुस्रो दाग देखिएमा खोजी टोलीले तत्कालै रोगीलाई रोग निदान टोलीमा पठाउने र त्यहाँ सम्भब नभए सुपरभिजन टोलीमा पठाई निःशुल्क उपचार गरिने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका क्षयरोग तथा कुष्टरोग अधिकृत उमेश यादबले बताए । सिरहामा प्रत्येक १० हजार मानिसमध्ये १.३० प्रतिशतमा पिआर दखिएको छ । यो कार्यक्रम लहान, धनगढी, गोलबजार, कर्जन्हा र सिरहा नगरपालिकामा संचालित रहेको नगरपालिकाका स्वास्थ्य सहसंयोजक बिजय महतोेले बताए । मिचैैया नगरपालिकाको उक्त चारवटै बडामा ९ जना कुष्टरोगी रहेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्