डिएक्सएन द्धारा पासवान सौर्यलाई मलेसियामा पुनः सम्मानित
Advertise Here Book Now




मलेसिया/असार १०
युवा साहित्यकार धिरेन्द्र पासवान सौर्य मलेसियामा पुनः सम्मानित भएको छ ।आइतबार मलेसियाको जोहर बारुमा रहेको श्री मलेसिया होटेल लार्किङ्गमा डिएक्सएनले आयोजना गरिएको मैथिली भोजपुरी नेपाली र हिन्दी नामक सेमिनार कार्यक्रममा उहालाई डिएक्सएन परिवारले पुरस्कार दिई सम्मानित गरेका थिए।

डिएक्सएन द्धारा आयोजित गरिएको कार्यक्रम मैथिली,नेपाली,भोजपुरी र हिन्दी नामक सेमिनारमा युवा साहित्यकार धिरेन्द्र पासवान सौर्यले मैथली गित,चुटुका,सायरी र आफुले स्वम लेखेको गुरु & धिरु कविता संग्रह नेपाली दर्शकहरुलाई सुनाएर कार्यक्रममा सहभागी भएका दर्शकहरुलाई झुमाएर खुसी पारेका थिए।कार्यक्रमलाई बारम्बार सफल र रौनकता बढाएकोमा डिएक्सएनले धिरेन्द्र पासवान सौर्यलाई प्रमाणपत्र दिई पुरस्कृत गरेका थिए।साथै नेपाली दर्शक र डिएक्सएनको सदस्यहरु बधाई समेत दुएका थिए।

धिरेन्द्र पासवान सौर्य मधेसी लुगा लगाएर कार्यक्रममा सहभागी भएका सम्पूर्ण दर्शकलाई झुमाएका थिए।उहाँले भने हामी जहाँ भएपनी आफ्नो भेषभुसा,संस्कार र भाषा बदल्नु हुदैन आफ्नो जन्मथलोलाई सधैं जहाँ भएपनी याद र जोगाएर राख्नुपर्छ।

धनुषाको हँसपुर नगरपालिका वार्ड नम्बर ९ मोरहा घर भएको धिरेन्द्र पासवान सौर्य वैदेशिक रोजगारको शिलशिलामा मलेसिया गए दिनदेखि नै आफ्नो साहित्य कला समाजिक सञ्जाल,सेमिनार,सभा गोष्टि र कार्यक्रमहरुमा नेपाली साथिहरु विच प्रस्तुत गरेर आफ्नो छवि बनाइसकेका छन।

धिरेन्द्र पासवान सौर्य 2018 जनवरी ११ रविवारका दिन मलेसियाकै इपोमा डिएज्सएनले आयोजना गरिएको मैथिली भोजपुरी र नेपाली कार्यक्रममा सहभागी भई कार्यक्रममा कविता  मैथिली गित,चुटुका र सायरी जस्ता रोचक कुराहरु प्रस्तुत गरेर उपस्थित भएका नेपालीहरुलाई मनोरञ्जन दिएर दर्शकहरुको दिल जित्न सफल भए।त्यही दिन देखि नै मलेसियाको जुन ठाउँमा कार्यक्रम भएपनि धिरेन्द्र पासवान सौर्यला आमन्त्रण गरि सम्मान दिने गर्छन।

यश कार्यक्रममा मिथिलाको चर्चित एवं लोकप्रिय गायक रोशन मण्डल पनि सहभागी भएका थिए।उहाँले मैथिली गित गाएर दर्शकहरुलाई झुमाएका थिए भन्ने युवा साहित्यकार मि. गुरु दयाल यदुवंशी मधेसमा घटिरहेको घटना र मधेसीले भोगिरहेको पिडाको कविताको भावमा स्पष्ट पारेर टिप्पणी गरेका थिए।

यो भन्दा केही दिन अगाडि धिरेन्द्र पासवान सौर्यधिरेन्द्र र मि. गुरु दयाल यदुवंशीको मैथिली कविता गुरु & धिरु कविता संग्रह बजारमा आएको छ।उक्त कवितालाई   मैथिली स्रोता र विभिन्न वर्गका व्यक्तिहरु धेरै सम्मान दिएका छन।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्