वातावरण संरक्षण तथा सरसफाई सम्बन्धी पाँच दिवसीय तालिम सम्पन्न
Advertise Here Book Now

महेश सिंह महतो 
सिरहा ।पूर्ण सरसफाई केन्द्रित गर्ने हरेक खाले कार्यमा वडाको पूर्ण साथ रह्ने वडाध्यक्षहरुले प्रतिबद्धता जनाए । उनीहरुले भने,‘यो कुनै एक व्यक्ति, समुदाय र निकायको मात्र नभई राष्ट्रिय पहिचानको लक्ष्य रहेको हुँदा यसलाई पुरा गर्न हरेक खाले सयोग गर्न हामी तयार छौं ।’ कार्यक्रम पाँच वटै वडाका वडाध्यक्षहरु क्रमश गोपिन्द्र यादव, रामइश्वर यादव, जयकुमार यादव, राजकुमार यादव, कपिल देव यादवको सहभागीता रहेको थियो ।
विष्णुपुर गाउँपालिकाको सहयोगमा भएको उक्त तालिममा पाँच वटै वडाका ६० जनाभन्दा बढिको सहभागीता रहेको तालिम संयोजक शिवदयाल यादवले बताए । उनले तालिममा समावेशी तवरले सहभागी छनौट गरिएको र सबै वडाको प्रतिनिधित्व गराइएको जनाए । उनका अनुसार पूर्ण सरसफाई सम्बन्धी अन्य क्रियाकलाप गर्न पाँच वटै वडामा समिति गठन गरिएका छन् ।
राष्ट्रिय लक्ष्यमा सहयोग पुगोस भने अभिप्रायका साथ गाउँपालिकाले पूर्ण सरसफाई सम्बन्धी निर्धारण हरेक खाले क्रियाकलापलाई प्रशासनिक तवरले सहयोग गर्न तयार रहेको प्रमुख प्रशासकिय अधिकृत रामप्रमोद यादवले बताए । गाउँपालिकाको हित र प्रतिष्ठा कर्मचारीको लागि गौरवको विषय रहेको उनले तर्फ राखे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्