संबिधान अनुसार स्रोत साधन नहुँदा न्यायिक समितिमा काम गर्न कठिनाइ उप- मेयर ठाकुर
Advertise Here Book Now

अमित ठाकुर।रौतहट।अाषाढ २८। गौर नगरपालिकाका न्यायिक समिति संयोजक  उप मेयर किरण कुमारी ठाकरले न्याय संपादनमा उदहारणीय काम गर्न सफल भएकी छिन ।
आर्थिक वर्ष ०७४÷०७५मा अधिकांस नगरपालिका तथा गाउँपालिकाहरुमा न्यायीक समिति व्यस्थित नभएकै अवस्थामा जेनतेन गरि गौर नगरपालिकाका उप प्रमुख समेत रहेकी न्यायिक समिति समयोजक किरण कुमार ठाकुरले नगर क्षेत्रका विवादहरुलाई समाधान गर्दै करिव ३५ ओटा मुद्धालाई फैसला गरि उदहारणीय काम गर्ने सफल भएकी हुन ।
२० वर्ष देखिको जन प्रतिनिधि विहिन स्थानीय निकाय, त्यसमा संघिय नेपालको नयाँ संरचना भएको स्थानिय निकायमा काम गर्ने धेरै कठिन भए पनि जेनतेन गरि न्यायीक समितिमा आएको अधिकांस मुद्धा तथा विवादहरुको समाधान गर्ने सफल भएकी  गौर नगरपालिका न्यायीक समिति संयोजक  किरण कुमारी ठाकुले बताईन ।
संयोजक ठाकुरका अनुसार, समिति गठन भएको २०७४ माघ महिना यता नगर क्षेत्रका करिव ५० ओटा मुद्धा तथा विवाद समितिमा आएको र त्यस मध्ये करिव ३५ ओटा मुद्धाको किनारा लागी सक्केको र १५ ओटा मुद्धा हाल विचारधिन अवस्थामा रहेको बताईन ।
समितिमा आउने अधिकांस मुद्धाहरु जमिनी विवादको रहेको र घरेलू हिन्सा, महिला हिन्सा, बालबालिका, श्रीमान श्रीमति विचतको सम्बन्ध विच्छेद जस्ता मुद्धाहरु न्यून मात्रमा आएको समितिका सदस्य संजय कर्णले बताए ।
संविधान अनुसारको साधन श्रोत व्यवस्थान नभएको कारण काम गर्नमा धेरै किसीमका समस्याहरु झेल्दै काम गर्नु पर्ने बाध्यता रहेको संयोजक किरण कुमारी ठाकुरको भनाई रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्