सिरहामा महिला हिंसामा कमि न्यायमा पहुँचको लागी पत्रकार सम्मेलन
Advertise Here Book Now
महेश सिंह , सिरहा ९ मंसिर - सिरहाको लहानमा ओरेक नेपाल र मुक्ति नेपालको संयुक्त आयोजनामा २८ औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा पत्रकार सम्मेलन गरेको छ । ओरेक नेपालकी केन्द्रिय सदस्य श्यामकुमारी साहको अध्यक्षतामा आयोजना गरेको सम्मेलनमा नेपाल परियोजना कार्यालय सिरहा, मुक्ति नेपाल गोलवजार र जिल्ला प्रहरी कार्यालय सिरहाको अभिलेखमा रहेको बताए।अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्व गुप्ता, नेपाल टेलिभिजनको सिरहा सम्बादाता हिरालाल चौधरी नागरिक दैनिकको सिरहा सम्बादाता मिथिलेश यादव, रेडियो सरगमको म्यानेजर फिरोज शेख अनपुर्ण पोस्टको सिरहा सम्बादाता सम्भु यादव,आशिष बिश्वक्रमा,राम भरोसी यादव, बद्री यादव नेपाल पोस्ट दैनिकको महेश सिंह, अनुभक्त चौधरी,अनिल चौधरी धर्मेन्द्र पासवा , प्रदीप सिंह, महिला क्रियासिल पत्रकार निर्मला दहाल, एलिना चौधरी ओरेक नेपालको सिरहा संयोजक ज्योति तिवारी,देब कुमारी महरा,अनिता चौधरी महिला अधिकार कर्मी रेनु कर्ण,जिबछि यादव लगायत ३०भन्दा बढी ब्यक्तीहरुको सहभागिता रहेको थियो । जनवरी१देखि नोभेम्वर २२ सम्मको महिला माथि भएका हिंसाका घटनाको अवस्थालाई प्रस्तुत गरिएको थियो। सम्मेलनमा सिरहा जिल्लाका संचारकर्मी, मानव अधिकारकर्मी र महिला अधिकारकर्मीको उपस्थिति रहेको थियो भने सम्मेलनमा १ वर्षभित्र भएको महिला हिसांका घटना सार्वजनिक र १६ दिबसिय अभियानमा गर्ने कार्यक्रमको कार्ययोजनाबारे जानकारी समेत गराइएको थियो । ओरेक नेपाल सिरहाको बार्शिक अभिलेखिकरण अनुसार २०१९ जनवरि १ देखी नोभेम्बर २२ सम्मा १२२ वटा हिंसाको घटना भएको हो ।देशको अवस्थालाई हेर्दा नेपालको संविधानले लैगिक विभेदको अन्तगर्न र समान्ता ,स्मृति र समाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समाबेशि सहभागीतामुलक समाजमा आमूल परिवर्तन र २०३० सम्ममा सबै ले समान्ता र सबैको न्यायमा पहुँच पुगोस् भने ओरेक नेपालको उदेश्य रहेका छन ।


