ट्याक्टरको सिटमा लुकाएको पेस्तोलसहित साह पक्राउ
Advertise Here Book Now
सिरहा, २९ माघ । विशेष सुराकीको आधारमा प्रहरीले आज सिरहाको कर्जन्हा ७ परियागपुरका संजिब भूषण साहको ट्याक्टरको सिट मुनीबाट एक थान पेस्तोल बरामद गरेको छ । पेस्तोल राख्ने अन्दाजी ३२ बर्षीय साह पनि घरबाटै पक्राउ परेका हुन् ।
घरको आंगनमा राखिएको स १ त २०८९ नम्बरको ट्याक्टरको चालक बस्ने सिट मुनीबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने एक थान गोली बरामद भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक बालकृष्ण श्रेष्ठले बताए । उनले पेस्तोल राख्ने साहलाई पनि पक्राउ गरेर अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको बताए ।