बारामा कान्तिपुरको गाडीमा आगजनी (फोटो फिचर)
Advertise Here Book Now

बारा, १ फाल्गुन । समाचार प्राथमिकताको साथ नछापेको भन्दै बारामा कान्तिपुर बोकेको गाडीमा आन्दोलनकारीहरुले आगजनी गरेका छन् । बाराको कलैयासँगै सिमरामा थप मालपोत कार्यालय राख्ने निर्णयविरुद्ध आन्दोलन थालेका व्यक्तिहरुले कान्तिुपरको गाडीमा आगजनी गरेको हो ।


बाराको कलैयामा पत्रिका बोकेको लु. १ च. ४३३६ नम्बरको महिन्द्र गाडीमा आन्दोलनकारीहरुले आगजनी गरेको स्थानीय प्रहरीले जनाएको छ । उक्त गाडी चितवनबाट पत्रिका बोकेर कलैया पुगेका थिए । केहि कान्तिपुर पत्रिका पनि जलाएको हो । अन्पूर्णपोष्ट दैनिक पनि जलाएको छ ।


गाडीमा सुरक्षा दिन गएका प्रहरीसँग केहीबेर प्रदर्शनकारीको झडप पनि भएको छ । झडपमा एक दर्जन प्रदर्शनकारी घाईते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल आँश्रु ग्याँस समेत प्रहार गरेको छ । त्यहाँको स्थिति अहिले तनाबग्रस्त बनेको छ ।


कलैयासँगै सिमरामा समेत थप मालपोत कार्यालय राख्ने निर्णयविरुद्ध उद्योग वाणिज्य संघ उत्रेपछि ६ दिनदेखि सदरमुकाम कलैया अस्तव्यस्त भएको छ । विरोधमा ऐक्यबद्धता जनाउँदै राजनीतिक दलका नेता, कार्यकर्ता र लेखापढी व्यवसायी संघ प्रदर्शनमा उत्रेका छन् । आन्दोलनकारीहरुका कारण मातपोत कार्यालयमा कामकाज पनि ठप्प छ । 


(तस्विरहरु कलैयालाइवबाट)

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्