सहमतिको संविधान पाए कांग्रेस -एमाले एमाओवादीको खुट्टा ढोग्न तयार छः बुढाथोकी
Advertise Here Book Now
झापाको शिवसताक्षी नगरको पहिलो परिषद भेलाको उद्घाटन गर्दे झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट संबिधान सभाका लागि निर्वाचित विधायकसमेत रहेका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले माघ ८ मा आउने संविधान माओवादी सहितको ३० दलीय मोर्चाका कारण आउन नसकेको बताए।
उनले माओवादीले हतियारको दम्भ त्यागेर राष्ट्रिय राजनीतिको मुलधारमा आउन अपिल गरे। उनले भने, ‘मुलुकले सहमतिको संबिधान पाउछ भने नेपाली काँग्रेस र एमाले एमाओवादीको खुट्टा ढोग्न पनि तयार छ। सहमति सहमति भन्ने तर केमा सहमति भन्ने विषयमा एमाओवादी आफै छ।’
एनेकपा माओवादीलाई नेकपा एमाले र नेपाली काँग्रेसले संबिधान निर्माणका हरेक नेतृत्वमा सम्मानजनक पद दिएकैले माओवादीले नेपाली काँग्रेस र एमालेलाई हेपेको बताए। उनले भने एमाओवादीलाई दिएको हरेक जिम्मेवारी पदमा नेपाली काँग्रेस र एमालेले जिम्मेवारी पाएका थिए भने तोकिएको मितिमा संविधान ग्यारेन्टी आउने थियो। नेता बुढाथोकीले सहमति बाबुराम भट्टराई प्रधानमन्त्री हुँदैदेखि तोडिएको बताए। उनले भने ‘३० दलीय मोर्चाले आन्दोलन र हतियारको धम्की दिएर काँगेस प्रकृयाबाट संबिधान जारी हुने बिषयमा अतिकति पनि चुक्दैन।’
झापा मोरङ्ग र सुनसरीलाई मधेस जोड्ने ३० दलीय मोर्चाको माग नाजायज रहेको उनले तर्क गरे। पहाड र हिमालसँग नातो नालोको संबन्ध छ। बुढाथोकीले आक्रोसीत हुदै भने, ‘झापा कसैको बिर्ता होईन यो स्वाधिन जिल्ला हो कुनै माईकालालले झापालाई बिरगन्ज र जनकपुरसंग जोडन खोज्छ भने त्यो हामीलाई मान्य हुँदैन।’
यसैबीच सो कार्यक्रममा नगर अधिकृत जयनारायण खनालले साविकका गाविस सतासीधाम र शिवगञ्जले लगाएको ठेक्का बाहेकमा करको दायरामा बृद्धी गरिएको बताए। फागुन १ देखि लागूहुने गरी नगरले ३१० शीर्षकमा व्यवसायीक कर बृद्धी गरेको हो।
यता शिवसताक्षी नगरले आर्थीक वर्ष ०७२ / ७३ को पुँजीगत खर्च तर्फ कुल १ करोड ९७ लाख ६९ हजार ७० रुपैयाँ ,चालु खर्च शीर्षकमा ३ करोड २१ लाख ६८ हजार २ सय १० रुपैया गरी कुल ५ करोड १९ लाख ३७ हजार २ सय ८० रुपैयाको अनुमानित खर्च बिवरण सर्वजनिक गरेको छ। @setopati
-