वैद्य माओवादीद्धारा सिरहामा ११ विघा जग्गा कब्जा
Advertise Here Book Now

फुलकहाकट्टी ८ तैतिसविद्यामा रहेका विष्णुदेव बरेलको अन्दाजी ११ विघा जग्गा कब्जा गरेको हो । हाल बरेल माडरमा बस्छन् । जग्गा पहिले नै कब्जामा लिएको बताउँदै नेता सिंहले निरन्तरताका लागि आज पनि पार्टीको झण्डा उक्त जग्गामा गाडेको दावी गरे ।
यता सिरहाका प्रहरी प्रमुख एसपी रामकृपाल साहले जग्गा कब्जाबारे आफूलाई थाहा नभएको बताएका छन् । उनले इसिरहासँग भने, ‘जग्गा कब्जा गरेको भए हामीलाई फोन आउथ्यो । तर अहिलेसम्म कसैले भनेका छैन् कि जग्गा कब्जा गर्यो ।’ स्रोत:ईसिरहा