मकवानपुरमा बस दुर्घटना १० जनाको मृत्यु
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम १५ कात्तिक (ओएनएस) : मकवानपुरको बसामाडीमा बिहान भएको दुइटा बस एक आपसमा ठोकिदा एक विदेशी सहित१० जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बसामाडमिा बिहान २ बजेपछि दुर्घटना भएको हो ।काठमाडौंबाट विराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको शुभश्री यातायातको बस र इलामबाट काठमाडौं जाँदै गरेको बस बसामाडीमा बिहान सवा २ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा शुभश्रीमा सवार इटहरी निवासी शान्ता लुइँटेल तथा इलामको बसमा सवार इलामका रोशन भट्टराई, प्रविन आचार्य, सुजाता काफ्ले, मिलन अधिकारी, रक्षा श्रेष्ठ, इशा कार्कीको सनाखत भएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्