एमाले केन्द्रिय समिति बैठक आज बाट शुरु हुने ।
Advertise Here Book Now
काठमाडौं, १४ कार्तिक । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै छ । बैठकले स्थायी समिति तथा पोलिटब्यूरो सदस्य चयन गर्ने छ । यसअघिका बैठकले पार्टीको विधान र महाधिवेशनबाट पारित दस्तावेजलाई अन्तिम रुप नदिएका कारण स्थायी समिति र पोलिटव्यूरो सदस्य चयन हुन सकेको थिएन । पोलिटब्यूरो चयनको मापदण्डको बिषयमा अध्यक्ष केपी ओली र नेता माधव नेपाल समूहबीच विवाद थियो । विवादकै कारण अल्झिएको विधान हालै प्रकाशनमा आएको छ । उक्त विधानका आधारमा पोलिट ब्यूरो र स्थायी समिति चयनको बिषयमा केन्द्रिय समितिमा छलफल हुनेछ । पोलिट ब्यूरो र स्थायी समिति चयन नहुदा एमाले निर्णयहरु संस्थागत हुन सकेका छैनन् । बैठकमा नेताहरुको कार्यविभाजनको बिषयमा पनि छलफल हुने छ । यसैबीच, केन्द्रीय सदस्यहरुले शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पुरानो अडान नछोड्न पार्टीका शिर्ष नेताहरुलाई दवाव दिने तयारी गरेका छन् । सुधारिएको संसदीय व्यवस्थामा समर्थन जनाउने शीर्ष नेतृत्वप्रति असन्तुष्टि जनउाँदै उनिहरुले आजको वैठकमा कुरा उठान लागेका हुन् । राज्य पुनसंरचना पछि प्रदेशलाई समेत कमाण्ड गर्ने केन्द्रीय सरकार दह्रो चाहिने भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री नै उपयुक्त हुने नेताहरुको दाबी छ । एकीकृत नेकपा माओवादीलाई सहमतिमा ल्याउन पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अडानबाट पार्टी पछि हट्न नहुने उनिहरुको तर्क छ ।
