छठको अवसरमा सुरक्षा ब्यबस्था कडा ।
Advertise Here Book Now
राम नारायण पंडित, सिरहा, १२ कार्तिक ।

मिथिलान्चलको महान पर्व छठको अबसरमा सिरहामा सुरक्षा ब्यबस्था कडा
पारिएको छ । कुनै अप्रिय घटना हुन नदिन जिल्ला भरि उल्लेखनिय
संख्यामा महिला र पुरुष प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी
कार्यालय सिरहाका प्रहरी उपरिक्षक राम कृपाल साहले जानकारी दिए ।
सिरहा सदरमुकामको साथै मातहतका बिभिन्न स्थानहरुमा सादा पोशाक,
मोबाइल टोली, क्विक रिसपोन्स टोली लगायतका प्रहरी टोलीपरिचालन गरिएको उपरिक्षक साहले जानकारी दिए । छठको अबसरमा
सिरहा, लहान, गोलबजार, मिर्चैया, बन्दिपुर लगायतक छठका
घाटहरुमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । छठका मौका
छोपी उछृंख्ल गतिबिधि गर्नेलाई नियन्त्रणमा लिइ कानुन
बमाजिम कार्बाही हुने उपरिक्षक साहको भनाई रहेको छ । पहिलो
दिन आज अस्ताउदै सुर्यलाई अर्घ दिएपछि घाटबाट कतिपय ब्रतालुहरु
फर्कि आउने र कतिपय स्थानमा घाटमै रात बिताउने गरेकोले कुनै
अप्रिय घटना हुन नदिन प्रहरीलाई तैनाथ गरिएको छ । यसैबिच
ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडाले
छठको अबसरमा आफ्नो ईलाका भित्र सुरक्षा ब्यबस्था तन्दुरुस्त
रहेको दाबी गरेका हुन । ईलाका भित्रमा रहेको प्रमुख छठका
घाटहरुमा माबाईल टोली, माटरसाइकल गस्ति, क्बिक रिसपोन्स
टोलीलाइृ परिचालन गरिएको निरिक्षक खतिबडाले जानकारी दिए ।

