एउटा भैँसीले दुई वटा वच्चा जन्मायो, दुवै वच्चा स्बस्थय
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम

राम नारायण पंडित, सिरहा, १४ कार्तिक ।
सिरहामा एउटा भैँसीले २ वटा बच्चा जन्माएको छ । सिरहाको पश्चिमबर्ति बडहरामाल गाविस ५ वस्तिपुर स्थित विन्दु दासको भैँसीले दुई वटा पाडी जन्माएको हो । एउटा भौसीले दुई वटा पाडी जन्माएपनि स्वास्थ्य अवस्था सामान्य रहेको दासले बताए । विगत २ वर्ष पहिला २० घरधुरी मिलेर निर बहादुर राईको अध्यक्षतामा वस्तिपुर भैँसी पालन वृहतर समुहको गठन गरेका
थिए । उक्त समुहलाई जिल्ला पशु सेवा कार्यलय सिरहाले घरमा पालिएका भैँसीलाई घाँस, कुडो खुवाउने नाली बनाउन रु २० हजार रुपैया सहयोग गरेको थियो । उक्त २० हजार रुपैया राखेर उनीहरुले हरेक महिनामा बैठक गरी प्रति व्यक्ति रु १०० का दरले थप लेवि राखी समुहमा बचत गरेको थिए । हाल उक्त समुहको करीब रु २ लाख बराबरको पुँजी भएको छ भने प्रत्येक घरमा समुहको नाममा एउटा भैँसी रहेको समुहका अध्यक्ष निर बहादुर राईले बताए । सोही समुहकोे भैँसी मध्ये दासको घरमा भएको भैँसीले दुई वटा बच्चा (पाडी) सकुसल जन्माएको छ । हाल समुहमा रहेको जम्मा पुँजी रु २ लाखको २ प्रतिशतका दरले समुह भित्रै व्याजमा लगाउने उनीहरुको भनाई छ । आफुहरुलाई जिल्ला पशु सेवा कार्यलय सिरहाले भैँसीको दुधबाट घरमा नै ध्यु निकाल्न सकिने मेसीन समेत उपलब्ध गराई दिएको राईले बताए । तपाईलाई केही अप्ठयारो भएको छैन भन्ने धड्कन टाईम्सको प्रश्नमा दास भन्छन, दुध खुवाउने समयमा केही अप्ठयारो हुन्छ आलोपालो गरेर दुध खुवाउने गरेको छु । दुध खुवाउने समयमा केही समस्या भए पनि अरु समयमा केही अप्ठयारो छैन र दुई बटै बच्चा (पाडी) सकुसल रहेका उनको भनाई छ । आफ्नो भैँसीले दुई वटा बच्चा न्माएको थाहा पाएपछि यो लक्ष्मी हो भन्दै किन्नको लागी विभिन्न ठाउँबाट मानिसहरु आउने गरेको दासको भनाई छ । तर आफुलाई भैँसी बेच्न मन नलागेको उनले बताए ।