ट्राफिक प्रहरीले म्याजिकको पछाडी रहेको सिढी हटाउदै (फोटो फिचर)
Advertise Here Book Now
राम नारायण पंडित
सिरहा, १५ कार्तिक ।म्याजिकको पछाडी झुन्डिएर यात्रा गर्ने उदे्श्यले बनाएका सिँढी हटाउन सिरहा ट्राफिक प्रहरीले शुक्रबारदेखि अभियान सुरु गरेको छ । म्याजिकको क्षमता भन्दा कैँयो गुणा बढी यात्रुलाई बाहिर झुन्डियाएर ओसारपोसार गर्ने गरेको गुनासो बढेपछि सिरहामा ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । जिल्लामा संचालित प्रत्येक म्याजिकको पछाडी झुन्डिएर यात्रा गर्न बनाईएका सिँढी हटाउने अभियान सुरु गरिएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक अर्जुन प्रसाद सोडारीले जानकारी दिए ।
अभियानको पहिलो दिन शुक्रबार (आज) ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले बिहानैदेखि कार्यालय परिसरमै मिस्त्री राखी सिँढी हटाउने काम सुरु गरेको छ । प्रहरी नायब निरिक्षक सोडारीका अनुसार शुक्रबार दिँउसो करीब ३ बजेसम्मा करीब दुई दर्जन म्याजिकका पछाडी झुन्डिन बनाइएका सिँढी हटाईएको छ । उक्त सिढी हटाएपछि दुर्घटनामा कमी आउने प्रहरी नायब निरिक्षक सोडारीले दाबी गरे । त्यस्तै यो अभियान संगै निजि सबारी साधनले समेत यात्रुहरुको ओसारपोसार गरिरहेको गुनासो बढेपछि त्यस्ता गाडीलाई पनि नियन्त्रणमा लिई कार्बाही सुरु गरिएको नायब निरिक्षक सोडारीले बताए । ८ जना यात्रु बोकने क्षमता भएको म्याजिकमा करीब ३० देखि ३५ जनासम्म यात्रु बोकी म्याजिक चालकहरुले ओसारपोरसार गर्ने गरेको गुनासो बढेसंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले दिएको निर्देशन अनुसार सिरहाका लहान, सिरहा सदरमुकाम, गोलबजार, मिर्चैया, बन्दिपुर लगायतका स्थानहरुमा ट्राफिक प्रहरीहरुले अभियान सुर गरेका हुन ।







