घुस खाएर सरकारी जग्गा व्यक्तिलाई बेचे मालपोतका कर्मचारीले
Advertise Here Book Now

malpotऑनलाइन सिरहा डटकम कार्तिक १५/मालपोत कायाृलयमा धेरै भ्रष्ट्राचार भइरहेको पाइएको छ । विशेषगरी जग्गाका मुद्धा मिलाउने नाममा मालपोत कार्यालयमा घुस लेनदेन बढेको हो । यसै अन्तरगत पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरका तत्कालीन प्रमुख हरि बखती र अन्य ७ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  मालपोत कार्यालय ललितपुरका तत्कालीन प्रमुख हरि बखती सहित तत्कालीन उपसचिव पद्मनिधि सोती, नायब सुब्बाहरु रामप्रसाद भुसाल, बिमल ढकाल, कृष्णकुमार केसी र सूर्यप्रसाद कोइराला विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुले ललितपुर उपमहानगरपालिका ३ स्थित ८८२ कित्ताको सरकारी जग्गा वितरण गरेको अख्तियारको उजुरीमा उल्लेख छ । १३ आना ३ पैसा सरकारी जग्गा घर बनाउन वितरण गरेकोले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । यसैगरी नापि कार्यालय ललितपुरका तत्कालीन नापी अधिकृत भरतसिंह ऐर विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।  सातैजना विरुद्ध ६६ लाख रुपैयाँ विगो कायम गरी हदैसम्मको दण्ड सजाय माग गरीएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्