एमाओवादीका नेतालाई धमाधम कारबाही सिफारिस
Advertise Here Book Now

peris-dandaऑनलाइन सिरहा डटकम काठमाडौं,कात्तिक १५ – पार्टी नेताकै उक्साहट र सम्लग्नतामा जिल्ला तहमा समानान्तर समिति निमार्ण हुन थालेको भन्दै एकीकृत नेकपा माओवादीका तल्ला कमिटीहरुले केन्द्रीय सदस्यलाई कारबाहीका सिफारिस गर्न थालेका छन् ।आन्तरिक विवाद समाधानका लागि कात्तिक २४ देखि केन्द्रीय समितिको बैठक बस्ने टुंगो लागेपछि एमाओवादीमा संस्थापन र असन्तुष्ट दुबै पक्षले एकले अर्को पक्षको कारबाहीको माग गर्दै नेतृत्वलाई दबाब दिन थालेका छन् । धनुषा, नुवाकोट, रसुवा, चितवन, काठमाडौं, गोरखा, बारा, पर्सा, मुगु, डडेलधुरालगायतका झन्डै दुर्इ दर्जन जिल्लामा एमाआोवादीको समानान्तर समिति गठन भएको छ ।ती जिल्लामा पार्टी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्टराई पक्षका अलगअलग जिल्ला समिति रहेका छन् । दुबै पक्षले एकै शैली अनुसरण गर्दै केन्द्रीय सदस्यलाई कारबाहीको मागसहित केन्द्रीय कार्यालयमा सिफारिस पठाउन थालेका छन् । अहिलेसम्म संस्थापन पक्षले भट्टराई पक्षीय नेतृ हिसिला यमी,गंगानाराण श्रेष्ठ,सोनामसिंह स्याङतान,रामरिजन यादवलाई कारबाहीको सिफारिस गरेको छ । यस्तै भट्टराई पक्षले नारायण दाहाल र हितबहादुर तामाङमाथि कारबाहीको सिफारिस गरेको छ । केन्द्रीय नेताले नै समानान्तर भेला गर्ने,तल्लो तहका नेता तथा कार्यकर्तालाई बहकाउने ,उक्साउने र पार्टीलाई फुट र विभाजनतर्फ लैजान आफ्नो जिम्मेवारीभन्दा बाहिर गई विधि–पद्धती उल्लंघन गरेकाले कारबाहीको सिफारिस गर्नु परेको दुबै पक्षका जिल्ला नेताले जिकिर गरेको खबर छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्