धनुषा प्रहरीको अपिल
Advertise Here Book Now

अपिल
ऑनलाइन सिरहा डटकम
 “शान्ति र सुरक्षा ः जनताको अपेक्षा”

“ शान्ति सुरक्षा कायम गर्ने प्रहरीको प्रतिवद्धता ”
अपराध रहित समाजको श्रृजना, जनता र प्रहरीको चाहना
आम नागरिक र प्रहरीको सहकार्य बाट अपराध रहित समाजको निर्माण गरौ !

आदरणीय धनुषाबासी सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरुमा जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा दिपावलीको शुभकामना सहित नागरिक सुरक्षा सचेतना जगाउने अभिप्रायका जारी गरीएको अपिलका साथ निम्न कार्यहरु नगरौ÷नगराऔं भन्दै सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, पत्रकार, मानव अधिकार कर्मी, कर्मचारी, शिक्षक, विद्यार्थी, बुद्धीजिवी, व्यापारी, मजदुर तथा सर्वसाधारण जनताको सक्रिय सहयोग समन्वय, सहकार्य र सहमतिको लागि हार्दिक अनुरोध गर्दछौं । यस्ता कार्यहरुको लागि यहाँहरुले उल्लेखनीय भुमिका प्रदान गर्नुहुने छ भन्ने पुर्ण विश्वास लिएका छौं ।
१. सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी हो–हल्ला नगरौ ।       
२. जुवा, तास, लंगुरबुर्जा, कौडा जस्ता खेल खेल्ने र खेलाउने नगरौ । जुवा तास खेलेको पाइएमा — कानून बमोजिम कारवाही गरिने,यस्तो गर्दा चाड÷पर्व मनाउन नसक्ने अवस्था हुन सक्ने प्रहरी थुनामा वस्नुपर्ने हुन सक्ने ।
३. पटका नपड्काउने — यसर्थ आगलागी हुन सक्छ जन धनको क्षेती हुन सक्छ घाइते भएपनि कारवाही हुन्छ । गोली पड्कदा थाहा पाईदैन ।
४. मो.सा. चलाउँदा बिना हेलमेट दुई जना भन्दा बढी नचढ्नुहोस् , साथै अन टेस्ट लेखिएका सवारी साधन प्रयोग नगरौ ।

५. घरमा नगद तथा वहुमुल्य सामानहरु नराखौं, राख्नु परेमा भरपर्दो सुरक्षा व्यवस्था मिलाऔं ।
६. सार्वजनिक सेवा तथा सडक अवरोध नगरौ ।
७. अपरिचित ब्यक्तिले दिएको कुनै पनि चिज, बस्तु सेवन नगरौ ।
८. सार्वजनिक सवारी साधनहरुमा अवरोध नपु¥याऔ ।
९. राजमार्गमा अनावश्यक ढाँट राखी चन्दा असुली गर्ने तथा सहयोग माग्ने कार्य बन्द गरौ ।
१०. बैंकबाट पैसा झिक्दा वा नगद जम्मा गर्दा ब्यक्तिगत सुरक्षाको ख्याल गरौ ।
११.  आपसी भाइचारा, बन्धुत्व र सद्भावमा खलल पुग्ने कनै पनि कृयाकलाप नगरौ ।
१२. चाडपर्वलाई मर्यादीत र उल्लासमय वातावरणमा मनाऔं ।
१३. आफ्नो टोल छिमेकमा हुने अपराध र अपराधीको बारेमा प्रहरीलाई समयमा नै जानकारी दिऔ ।
१४. आफ्नो ईलाकाको प्रहरी कार्यालयको इन्चार्ज तथा जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमको फोन नम्बर १००÷ ०४१–५२४१०० सधै याद गर्नुहोस् ।
१५. राती अबेरसम्म अनावश्यक घुमफिर नगर्नुहोस् ।
१६. राति सुतेको समयमा कसैले ढोका खोल्न भनेमा सही पहिचान गरेर मात्र ढोका खोल्नुहोस् ।
१७. भिडभाड भएको क्षेत्रमा जाँदा वा किनमेल गर्दा आफ्नो पर्स ( ब्याग ) पकेट आदिको बिशेष ख्याल गर्नुहोस् ।
१८. आफ्नो हक अधिकारको प्रयोग गर्दा अर्काको हक अधिकारको पनि सम्मान गरौं ।
१९. टोल छिमेकमा नौलो तथा असामान्य मानिस देखा परेमा तुरुन्त प्रहरीलाई खवर गरौ ।
२०. होटल, लजहरुमा बस्ने ब्यक्तिहरुको अभिलेख होटल ब्यवसायीहरुलाई दुरुस्त राख्न लगाऔ ।
२१ चाडपर्व मनाउने निहँुमा बढी तड्कभड्क नदेखाऔ ।
२२. ीयगम क्उभबपभच बजाउँदै धेरै ठुलो आवाजमा कोलाहल नबनाऔं ।
२३. घर एक्लै छाड्नु परेमा छिमेकी, आफन्तजन वा नजिकको प्रहरीलाई खवर गरौं, साथै घरको झ्याल, ढोका राम्रोसँग बन्द   गरौ
२४. काला–बजारिया, कृत्रिम अभाव, नापतौल घटबढ ,अखाद्य पदार्थको बिक्री बितरण नगरौ ।
२५. सभ्य, सुसंस्कृृत र अपराध रहित समाजको निमार्णमा सहयोग गरौ ।
२६. म्भउयिथmभलत रज्भबखथ म्भउयिथmभलत गरिएको ।
अपिलकर्ता

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्