सप्तरीमा स्टेनगन सहित ५ थान हतियार भेटियो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम कार्तिक १४
weaponsसप्तरी । सशस्त्र प्रहरी टोलीले सप्तरीको विषहरिया गाविस ५ स्थित पिपराहीबाट शुक्रबार अवैध हतियार बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सप्तरीबाट खटिएको टोलीले सो ठाउँबाट चार थान भरुवा बन्दुक, एउटा स्टेन गन र दुई थान म्याग्जिन बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले बताए ।
ती हतियारहरु नहर छेउको झाडीमा लुकाइराखेको अवस्थामा फेला परेको हो । बरामद हतियार तत्कालै स्थानीय प्रहरीलाई बुझाएको शर्माले बताए । बरामद भएका अवैध हतियारहरु खिया लागेको अवस्था रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्