यसवर्षको एसएलसी चैत्र ५ गतेदेखि
Advertise Here Book Now

to
काठमाडौ, मंसिर ४ - यसवर्षको एसएलसी परीक्षा चैत्र ५ गते हुने भएको छ । आज बिहीबार बिहान बसेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।
यसवर्षको परीक्षा ५ गते बाट सुरु भई चैत्र १६ गतेसम्म चल्नेछ । यसवर्ष प्रयोगात्मक शिक्षाको समेत परीक्षा दिनुपर्नेछ । यसअघि सैंद्धान्तिक विषयको मात्रै परीक्षा हुँदै आएको थियो । १३ गतेसम्म सैद्धान्तिक बिषयको परीक्षा हुनेछ ।
प्रयोगात्मक विषयको पनि परीक्षा हुने भएकोले यो पटकको एसएलसी  १६ गतेसम्म संचालन हुने परीक्षा नियन्त्रक विष्णु द्वारेले जानकारी दिए । माध्यमिक तहमा ३ वटा विषयमा प्रयोगात्मक अध्ययन हुन्छ ।
गत वर्ष चैत्र ६ गतेदेखि १२ गते सम्म एसएलसी परीक्षा भएको थियो ।
SLC_EXAM

चैत ८ मा गणित
चैत ६ अनिवार्य नेपालीचैत ५ अनिवार्य अंग्रेजीपरीक्षा तालिका
चैत ९ मा विज्ञान
चैत १० सामाजिक
चैत ११ स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा
चैत १२ ऐच्छिक प्रथम
चैत १३ ऐच्छिक दोस्रो

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्