साबधान ! यी ५ कुरा फेसबुकमा नहाल्नुस, जेल जानु पर्ला
Advertise Here Book Now
तर केहि मानिसहरुले सामाजिक सञ्जाललाई जानी जानी दुरुपयोग गरेका छन् भने कहिले अन्जानमै पनि सामाजिक संजालको सिकार भएका थुप्रै घटनाहरु सुन्नमा आएका छन ।
त्यसैले सामाजिक सञ्जाल अन्तरगतको धेरै प्रयोगमा आएको फेसबुकमा जे पायो त्यही पोष्ट गर्ने वा सन्देश पठाउने गर्नु भएको छ भने अब सावधान हुनुहोस ! सामाजिक सञ्जालकै कारण जेल जानु पर्ला । समाजिक सञ्जाल प्रयोगका लागि हामीले केहि नियमहरु यहाँ दिने कोसिस गरेका छौ ।
नक्कली अकाण्ट बनाउने, भद्दा र अश्लिल कमेन्ट गर्ने, आपत्तिजनक पोष्ट गर्ने, अनलाइनबाटै मानिसहरुलाई धम्काउने वा सताउने गर्छन् कतिपय मानिसले । आफ्नो फेसबुक हो भन्दैमा जे गर्न पनि पाइन्छ भन्ने ठान्नु भएको छ भने समस्यामा पर्नु होला । भविष्य नै बरवाद समेत हुन सक्छ ।
१- नक्कली अकाण्टबाट बँच्नुस: कुनै पनि ब्यक्तिले नक्कली अकाण्ट बनाउनु र त्यसको प्रयोग वा दुरुपयोग गर्नु कानूनी कारवाहीको दायरमा पर्छ । यसो गर्दा तपाइँ प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । कुनै पनि ब्यक्तिको अकाण्टबाट अरुलाई घोंचपेच वा दुरुपयोग गर्नेलाई पनि सजाय हुन सक्छ ।
२- जोशमा होश नगुमाउनुस: कुनै पनि सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काव ल्याउने वा अफवाह फैलाउने ब्यक्ति पनि कानूनी कारवाहीको दायरामा पर्छन् । यस्ता ब्यक्तिलाई पनि सार्वजनिक अपराधकै मुद्धामा सजाय हन सक्छ ।
३- कमेन्ट गर्दा ध्यान दिनुस: सामाजिक सञ्जालमा कुनै पनि पोष्ट देख्नु भो भने त्यसलाई लाइक गर्नु वा कमेन्ट गर्नु अघि एक पटक राम्ररी पढ्नुस् । कुनै पनि कन्टेन्ट आपत्तिजनक छ भने त्यसलाई लाइक वा कमेन्ट नगर्नुस् । कुनै पनि ब्यक्तिले राखेको आपत्तिजनक पोष्ट वा सामग्रीमा तपाइँले लाइक वा कमेन्ट गर्नु भो भने साइवर कानूनले तपाइँलाई समेत जेलको हावा खुवाउन सक्छ ।
४- अश्लिल सामग्रीबाट बँच्नुस: सामाजिक सञ्जालमा अश्लिल सामग्री आदान प्रदान गर्ने वा कुनै अश्लिल कमेन्ट वा कुराकानी गर्ने बानी छ भने आजै देखि छोड्नुस् । अझ कुनै केटा केटीलाई यस्तो गर्नै हुँदैन । यसो गर्दा अनलाइन यौन दुर्व्यवहार वा शोषणको मुद्धामा जेल जान सक्ने खतरा हुन्छ ।
५- पोष्ट गर्नु अघि सोंच्नुस: कुनै पनि सामग्री वा स्ट्याटस फेसबुकमा वा ट्वीटरमा राख्नु अघि एक पटक विचार गर्नुस् । तपाइँको पोष्ट अश्लिल वा भडकाउ अथवा मानहानी गर्ने खालको छ वा कसैको मानमर्दन र निजि कुराको खुलासा गर्ने किसिमको छ भने तपाइँ समस्यामा पर्न सक्नु हुन्छ । त्यसैगरी कसैको पोष्टमा अश्लिल सामग्री राखिदिनु वा अश्लिल कमेन्ट गर्दा पनि समस्या आउन सक्छ ।
पछिल्लो समयमा सामाजिक सञ्जालमा सामान्य सोंचेर पोष्ट वा सन्देशकोरुपमा पठाइएका गरिएका कतिपय सामग्रीका कारण मानिसहरु प्रहरीको फन्दामा परिरहेका छन् । प्रयोगकर्ताको सबै विवरण पत्ता लगाउने प्रविधीका कारण सामाजिक सञ्जालबाट झुक्याउन खोज्नेहरु मुर्ख सावित भैरहेका छन् । बिचार गर्नुहोला ?

