लुम्विनिमा गोली चल्यो , भारतीय नागरिकको मृत्यु दुई पक्राउ
Advertise Here Book Now

thऑनलाइन सिरहा डटकम , ६ मंसिर  रुपन्देहीको लुम्विनि नजिक विष्णुपुरामा प्रहरीको गोली लागेर एकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भारतीय नागरिक सर्फ राजको मृत्यु भएको हो ।
नियमित सुरक्षा गस्तीमा रहेको प्रहरी टोलीले हतियारधारी व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि गोली चलाएका थिए ।
सुरक्षा गस्तीमा रहेका प्रहरीमाथि गोली चलाउदा प्रहरीले जवाफी फायरिङ गरेको बताएको छ ।
त्यस्तै कपिलवस्तु नन्दनगरका हफि उल्लाह मुसलमान र कपिलवस्तु चाकर चौराहाका अकिल मुसलमान पक्राउ परेका छन् । उनीहरु मोष्ट वान्टेडको सूचिमा थिए ।  उनीहरुमाथि प्रहरीले एक महिनादेखि निगरानी गरिरहेको थियो ।
भारतबाट हतियार ल्याएर कपिलवस्तुमा लुट्ने सूचनाका आधारमा प्रहरी टोली उनीहरुको निगरानीमा रहेको बताइएको छ ।
लुम्विनी क्षेत्रको उत्तरतर्फको भागको यो घटना भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने भएपछि लुम्बिनी क्षेत्रमा सुरक्षा निगरानी र जाँचलाई कडा बनाइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्