मोदी भेट्न कांग्रेस, एमाले र एमाओवादीका नेताहरु होटलमा
Advertise Here Book Now

काठमाडौँ, मंसिर ९–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न प्रमुख तीनदलका शीर्ष नेताहरु आज बेलुका उनी बसेको होटलमा पुगेका छन् ।
मोदीलाई भेट्न कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु मोदी बसेको होटल सोल्टी पुगेका थिए ।
सोल्टीमा एमाओवादीका शीर्ष नेताहरु मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, जारी संविधान निर्माण प्रक्रियालगायतमा छलफल भएको थियो ।
भेटमा शान्ति प्रक्रिया सम्पन्न भएपछि नेपाल आर्थिक क्रान्तितर्फ अग्रसर रहेकाले त्यसलाई सघाउन प्रधानमन्त्री मोदीसँग आफूहरुले आग्रह गरेको एमाओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले जानकारी गराए ।
भेटका क्रममा प्रधानमन्त्री मोदीले आफूहरुले उठाउँदै आए झैँ सहमतिका आधारमा संविधान जारी हुनुपर्नेमा जोड दिएको महासचिव कृष्णबहादुर महराले बताए ।
RKS -KTM-Prime Minister Narendra Modi and  Maoist leaders meet
मोदीको भनाइबाट आफूहरुको मनोबल उच्च भएको र कुनै पनि हालतमा सहमतिभन्दा बाहिरबाट संविधान बन्नुहुँदैन भन्ने कुरालाई थप बल पु¥याएको नेता महराले बताए ।
भेटमा अध्यक्ष पुष्पकमल दाहाल, नेता भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव महरा र नेता टोपबहादुर रायमाझी सहभागी थिए ।
कांग्रेस नेताहरुसँग भेट
यसैगरी भारतीय प्रधानमन्त्री मोदीसँग नेपाली काँग्रेसका शीर्ष नेताहरूले पनि भेटवार्ता गरे ।
भेटवार्तामा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का र कोषाध्यक्ष एवम् चित्रलेखा यादव सहभागी थिए ।
भेटपछि महामन्त्री सिटौलाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको संविधान निर्माणमा हालसम्म भएको प्रगति, दलबीचको वार्ता र सहमतिका लागि भइरहेका प्रयासलगायत समसामयिक विषयमा जानकारी गराइएको बताए ।
सो अवसरमा प्रधानमन्त्री मोदीले सबै राजनीतिक दलको सहमतिमा तोकिएकै समयसीमाभित्र लोकतान्त्रिक संविधान जारी गर्ने कार्यमा सफलता मिलोस् भनी शुभकामना दिएको जनाइएको छ ।
मिलेर काम गर्ने प्रतिबद्धता
त्यस्तै भारतीय प्रधानमन्त्री मोदी र  नेकपा (एमाले)का अध्यक्षसहित शीर्ष नेताहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी चासो र समसामयिक विषयमा केन्द्रित रहेर कुराकानी भएको छ ।
भेटवार्तामा एमाले टोलीले संविधानसभाको निर्वाचनका समयमा जनतासँग प्रतिबद्धता गरिएअनुसार बाँकी समयभित्र सबै राजनीतिक दललाई मिलाएर संविधान लेखनको जिम्मेवारी पूरा गरिनेमा प्रधानमन्त्री मोदीलाई आश्वस्त तुल्याएको पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।
सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले संविधानसभाले तय गरेको कार्यसूचीभित्रै रहेर सबैलाई मिलाएर संविधान लेखनको जिम्मेवारी पूरा गर्न एमाले टोलीलाई सुझाव दिएका थिए ।
भेटवार्तामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्षत्रय गौतम, विद्यादेवी भण्डारी र भीमबहादुर रावल, उपमहासचिव विष्णुप्रसाद पौडेल र सचिव प्रदीप ज्ञवाली सहभागी थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्