काठमाडौंका लागि उड्ने बेलामा मोदीको स्ट्याटस फेरियो
Advertise Here Book Now

मङ्सिर, काठमाडौं ।
 १० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल हिँड्ने समयमा फेसबुकको स्ट्याटस नै परिवर्तन गरेका छन् ।
modi status for saarc
मोदीले काठमाडौं जान लागेको भन्दै स्ट्याटसमा सार्कको लोगो सहित तस्विर हालेका हुन् ।
मोदीले ट्वीटरमा पनि नेपालसँग विशेस सम्बन्ध रहेको कुरा उल्लेख गर्दै नेपाल जान लागेको लेखेका छन् । 
मोदीले यस अघि विज्ञप्ति निकालेर प्रधानमन्त्री बनेको ६ महिनामै सार्क सम्मेलनमा सहभागी हुन पाएको भन्दै खुसी ब्यक्त गरेका थिए ।

चार महिनामा दोश्रो पटक नेपाल आउन लागेका मोदीले नेपालसँग भारतको विशिष्ट सम्बन्ध रहेको कुरा दोहोर्‍याएका छन् । मोदीको नाममा भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आफू नेपालसँगको भारतको सम्बन्ध समीक्षा गर्न तयार रहेको समेत मोदीले बताएका छन् ।

आफ्नो सपथग्रहण समारोहमा दक्षिण एसियाका नेता तथा राष्ट्रप्रमुखहरुसँग अन्तर्क्रिया गरेको स्मरण गर्दै मोदीले छिमेकी राष्ट्रबीच नजिकको सम्बन्ध विकास गर्नु आफ्नो सरकारको प्राथमिकता रहेको समेत उल्लेख गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्