प्रहरीको इन्काउन्टरमा एक मारिए , तीन पक्राउ
Advertise Here Book Now

प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका एक ब्यक्ति प्रहरी कारबाहीमा मारिएका छन्। भारत महाराजगंज घर भएका ३० वर्षीय सरफ रोसलाई रूपन्देही प्रहरीले शनिबार दिउँसो गरेको इन्कान्टरमा मारिएका छन्।
 
रोसलाई रुपन्देहीको बिष्णुपुरा गाविस वडानं ५ मा मारीएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए।
 
नेपाल प्रहरीको उच्च निगरानीमा रहेका उनलाई प्रहरीको लुम्बिनी देखि सालझण्डी जाने सडक खण्डको बिष्णुपुरा नजीक बाटोमा दोहोरो भिडन्तमा उनी मारीएका उपरीक्षक ढकालले बताए।
 
दुई वटा भारतीय नम्बरको मोटरसाईकलमा रहेका चार जना मध्ये अन्य तीनजनाले आत्मसर्मर्पण गरेको प्रहरी उपरिक्षक ढकालले बताए।
 
पक्राउ पर्नेमा धमौली ७ रुपन्देहीका २२ वर्षीय अकलेश यादव , कपिलवस्तु बिजुवा ६ का २९ वर्षीय अकिल अहमद फकिर मुसलमान र कपिलबस्तु नन्दनगर २ का २५ वर्षीय हफी जुल्लाह रहेको प्रहरीले जनाएको छ।
 
प्रहरीले उनीहरुको साथबाट एक थान सिक्सर, दुई थान पेस्तोल र सोमा लाग्ने १५ थान गोली समेत बरामद गरेको छ।
 
उनिहरु युपि ५५ सि ४३४३ र युपि ५ पि ५८६३ नम्बरको भारतीय मोटरसाईकलमा सवार थिए।
 
प्रहरी कारबाहीमा मारिएका सरफ दुई महिना अगाडि भैरहवाका युवा आकाश गुरुडको अपहरण गरी हत्यामा सम्लग्न रहेको प्रहरीले दाबी गरेको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्