सार्कको रौनकः बेहुलीझैँ सिंगारियो राजधानी (फोटोफिचर)
Advertise Here Book Now

saarc preparation (12)
काठमाडौँ, मङ्सिर ६ – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनका अवसरमा राजधानीलाई बेहुलीजस्तै चिटिक्क सजाइएको छ ।
एअरपोर्ट, तीनकुने, बानेश्वरको संविधानसभा भवन अगाडि, बबरमहल, सिंहदरबार, कालिमाटी, सोल्टीमोड, शिखर सम्मेलनस्थल राष्ट्रिय सभागृह प्रवेशद्वार तथा राष्ट्रपति भवन अगाडिलगायत स्थानमा १३ वटा स्वागतद्वार स्थापना गरिएको छ ।
त्यस्तै, सम्मेलनस्थल, अतिथि आगमनस्थल, उनीहरु बस्ने होटल आसपासमा करिब ५०० र ३०० गमलामा विरुवा रोप्ने काम सम्पन्न भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
saarc preparation (2)
काठमाडौँ महानगरपालिकाले महानगर आसपासमा सरसफाईका लागि दुई वटा बु्रमर मेसिन (टाँसिएको धुलो निकाल्ने), सडक धुने पाँचवटा जेट मेसिनबाट पानीको फोहोराले सडकको सरसफाईको काम गरिरहेको र सरसफाई कार्य सम्मेलनअवधिभर नै रहने काठमाडौँ महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले बताए ।
सिंहदरबारको मुख्य गेटदेखि भद्रकाली मन्दिरसम्म सार्क राष्ट्रका प्रमुखहरु – नेपालका प्रधानमन्त्री सुशील कोइराला, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, भूटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति अब्दुल यामिन र श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्षको तस्बिर सजाइएको छ ।
saarc preparation (11)
सिंहदरबारको मुख्यद्धारको मुहार नै फेरिएको छ । निर्माण तथा रङ्रोगनले चिटिक्क पारिएको छ । लामो समयदेखि बन्न नसकेका काठमाडौंका मुख्य सडक निर्माण, खाल्डाखुल्डी पुर्ने र कालोपत्रे लगाउने काम पूरा भएका छन् । सफा, सुन्दर र व्यवस्थित बनाउन विकास निर्माणका काम दिनरात गरेर करिब–करिब सम्पन्न भएको छ ।
saarc preparation (10)
सार्क सम्मेलनकालागि प्रयोग गरिने काठमाडौँमा २८ किलोमिटर सडक निर्माण कार्य पूरा भइसकेको र रङ्गरोगनको काम सकिएको सडक विभागका प्रवक्ता अर्जुनजङ्ग थापाले जानकारी दिए ।
नेपालमा दोस्रोपटक हुन लागेको १८ औँ सार्क शिखर सम्मेलनस्थल राष्ट्रिय सभागृहलाई भव्य रुपमा सजाइएको छ ।
सम्मेलनका लागि सिंहदरबारको संसदको पुरानो भवन ग्यालरी बैठकमा २ सय ६५ जना अट्ने गरी राखिएका मेचहरु हटाएर रङ्गरोगन गरी आकर्षक बनाइएको छ ।
saarc preparation (4)
सम्मेलनमा सहभागी हुने सरकार र राष्ट्रप्रमुखहरुका लागि बुलेटप्रुफ गाडी लगभग नेपाल आइसकेका छन् ।
काठमाडौं महानगरपालिकाले पाहुनाहरु जाने रुटमा पर्ने मुख्य सडकका भित्ता र घरहरुमा समेत रङ्गरोगन गर्ने र खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ ।
सार्क सम्मेलनलाई लक्षित गर्दै नेपाल विद्युत प्राधिकरणले राजधानीका मुख्य क्षेत्रहरुमा लाइट जडान गरिसकेको छ ।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तीनकुने, माइतीघर–थापाथली, त्रिपुरेश्वर कालीमाटीहुँदै सोल्टीमोड, माइतिघर–सिंहदरबार, प्रदर्शनीमार्ग, राष्ट्रिय सभागृह, टँुडीखेल वरिपरि, रानीपोखरी, चावहिल–गौशाला–पशुपति, पाटन, भक्तपुरलगायत प्रसिद्ध मन्दिर परिसरमा लाइट जडानको काम पूरा भएको छ ।
saarc preparation (13)उपत्यकाका सडक निर्माण र मर्मतसम्भारसम्बन्धी काम, खानेपानी, ढलनिकास, बिजुली तथा टेलिफोनको अवस्था दुरुस्त राख्ने, सम्मेलनको समयमा अतिथिको आवागमनमा पर्नसक्ने सम्भावित स्थल, विदेशी राजदूतको निवास र राजदूतावास रहेका स्थानसम्म पुग्ने सडक मर्मतसम्भार, सम्मेलनस्थल राष्ट्रिय सभागृह भवनको मर्मतसम्भार एवम् आवश्यक उपकरण जडान गर्ने काम सम्पन्न भएको छ ।
saarc preparation (9)
saarc preparation (3)singha durbar light (1)
राजधानीको सरसफाइ एवम् सजावट, महानगर क्षेत्रमा जथाभावी पोस्टर, पम्प्लेट टाँस्न, पेन्टिङ गर्न, पसल तथा टहरा राख्न नदिने र सडकमा अशोभनीय रुपमा रहेका घरपर्खाल सफा र चिटिक्क राख्न रङ्रोगन गरिसकेको छ ।
saarc preparation (7)saarc preparation (8)
उपप्रधानमन्त्री एवम् सङघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा १७ सदस्यीय सरसफाइ तथा नगर सजावट समिति गठन भएको थियो ।
सम्मेलनको अवधि नजिकिँदै जाँदा आज बिहान काठमाडौँ महानगरपालिकाका ३५ वडा र ललितपुरका २२ वडामा सरसफाइ गरियो ।
सार्क सम्मेलनका लागि ‘शान्ति र सम्वृद्धिका लागि गहन सम्मिलन’ भन्ने नारा तय भएको छ । सार्क शिखर सम्मेलन सार्क राष्ट्रका समस्या समाधानमा छलफल र सम्बन्ध सुदृढीकरणका लागि भने महत्वपूर्ण अवसर बन्दै आएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्