कैलाली बस दुर्घटनामा मर्नेको संख्या १२ पुग्यो, सबैको सनाखत (अपडेट)
Advertise Here Book Now
कैलाली, १३ मंसिर ।
डोटीको दिपायलबाट कञ्चनपुरको महेन्द्रनगर तर्फ आईरहेको यात्रुबाहक बस आज बिहान १ बजे कैलालीको सहजपुरमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार ना ५ ख ५४२० नम्बरको बस सहजपुर गाविस वडा नम्बर २ खाँनीडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा ८ जनाको घटनास्थलमा मृत्यु भएको छ भने ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुने सबैको सनाखत भएको छ ।
मृत्यु हुनेमा डोटीको दौड गाविसकी ५२ वर्षीया विस्ना भण्डारी र ४० वर्षीया तिउरी नागरी रहेका छन् । दुर्घटनामा २८ जना यात्रु घाईते भएका छन । घाईतेहरुको अत्तरीयास्थित पद्मा अस्पताल र सेवा नर्सिङ होममा उपचार भैरहेको छ । पद्मा अस्पतालले ३ जना गम्भीर घाईतेलाई थप उपचारका लागि भारत रिफर गरेको छ ।

दुर्घटनामा घाइते भएको यात्रुहरुको अस्पताल स्रोतले दिएको विवरणः