अबैध काठ बरामद ।
Advertise Here Book Now



ऑनलाइन सिरहा डटकम मंसिर१३,  राम नारायण पंडित,।सिरहा प्रहरीले अबैध काठ बरामद गरेको छ । परालको कुन्युमा लुकाएर राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी सहायक निरिक्षक धर्मेन्द्र चौधरीको कमाण्मा गएको गस्ति टोलीले शुक्रबार १६ क्यूफिट सालको काठ बरामद गरेको छ । प्रहरीको गस्ति टोलीले रामनगर मिर्चैया १० स्थित राम सरण यादबको करेसाबारीमा लुकाई राखेको अवस्थामा काठ बरामद गरेको ईलाका
प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरि खतिवडाले जानकारी दिए । बरामद गरिएको काठ जिल्ला वन कार्यालय लहानलाई बुझाईएको प्रहरीले जनाएको छ । यसअघि यसै साता मिर्चैया प्रहरीले २० क्यूफिट काठ बरामद गरेको जनाएको छ । उदयपुरको जंगलबाट तस्करहरुले वन कर्मचारीकै मिलेमत्तोमा भारतीय बजारसम्म काठ लाने गरेको स्थानीयले जानकारी दिएको छ । स्थनियले मिर्चैयामा नै सेक्टर वन कार्यालय भएपनि यही बाटो भएर तस्करहरुले काठ ओसार्ने गरेको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्