भैंसीलाई मर्निङवाक !
Advertise Here Book Now
पाल्पा, ६ मंसिर ।
पाल्पा, ६ मंसिर ।
समयमै भैंसी नब्याएपछि पाल्पाको रामपुर नगरपालिका गेझाका किसानले भैंसीलाई मर्निङवाक गराउन थालेका छन् । बाँधेर मात्रै राखेका कारण यो समस्या भएको हुन सक्ने अनुमानका साथ उनीहरुले भैंसीलाई बिहानै गोठबाट फुकाएर घुमाउन थालेका हुन् ।
सामान्यतया ११ महिनामा भैंसी व्याउने भए पनि १२ देखि १४ महिना भइसक्दा पनि नब्याएकोले गेझाका किसानले यो उपाय निकालेको किसान कृष्णप्रसाद अधिकारीले बताए । अधिकारीले पालेको भैंसी राँलो लिएको १३ महिना लागिसक्दा पनि व्याएको छ ।
अर्का किसान विष्णुप्रसाद अधिकारीको भैंसीले राँलो लगाएको १४ महिना हुँदासमेत नब्याएकोले समस्या बढेको छ । यस्तै समस्या दिननारायण श्रेष्ठ, मोहन भण्डारी, रेमपाल भण्डारीलगायतका किसानका भैंसीमा पनि देखिएका कारण उनीहरु सबैले ब्याउने भैंसीलाई मर्निङवाक गराउन थालेका हुन् । उक्त क्षेत्रमा आधा दर्जन भन्दा बढी भैंसीमा यस्तो समस्या देखिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।