सार्क सम्मेलनको समयमा आफ्नै गाडी पनि चलाउन नपाइने
Advertise Here Book Now
काठमाडौं ।
काठमाडौंमा हुने १८ औं सार्क शिखर सम्मेलनका बेला हुने ट्राफिक जामको समस्यालाई समाधान गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले बैकल्पिक मार्गलाई प्रयोगमा ल्याउने भएको छ ।


महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गर्दै मंसिर ८ गते देखि जोर बिजोर प्रणाली लागू हुने जानकारी गराएको छ । महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक केशव अधिकारीका अनुसार राजधानीमा गुड्ने सवारीमा जोर बिजोर प्रणाली लागू गर्दा मंसिर ८, १० र १२ गते जोर नम्वर भएको सवारी साधन र मंसिर ९ र ११ गते बिजोर नम्वर भएको सवारी साधन चल्न लिने निर्णय भएको छ ।
सरकारले मंसिर ९ देखि १२ गतेसम्म शैक्षिक संस्था बन्द गरेको र मंसिर १० र ११ गते सार्वजनिक बिदा दिएकाले त्यस बाहेकका सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने उनले बताए ।
सम्मेलन अवधीमा अस्पताल, एम्वुलेन्स, दमकल, सव बहान, सरकारी साधनको हकमा गृह मन्त्रालयको पास लिएको, बिदेशी कुटनीतिक नियोग, पर्यटक बोक्ने निलो नम्वर प्लेट भएको, बिवाहको दुलाहा दुलही बोकेको, प्रेस र पास लिएका मिडियाका सवारी साधनहरुलाई जोर बिजोर प्रणाली लागू नहुने डिआईजी अधिकारीको भनाई छ ।
अधिकारीले सम्मेलन अवधीभर बिदेशी पाहुनाहरुले प्रयोग गर्ने सवारी मार्ग, बैकल्पिक मार्ग र समारोहस्थल र पार्किङको ब्यवस्था मिलाई सकिएको र ट्राफिक प्रहरीको परिचालनका लागि सबै ब्यवस्था मिलाएको बताए ।

सम्मेलनलाई ब्यवस्थित गर्न मंसिर ८ गतेबाट पुरानो वस पार्क खाली गर्ने निर्णय भएको छ । पुरानो बस पार्क खाली गरेपछि त्यहाँबाट छुट्ने सवारी साधनलाई सानो गौचरण, लैनचौर, जडिबुटी, टियुगेट, ढुंगेअड्डामा अस्थाई पार्किङस्थल खडा गरी आवत जावतको ब्यवस्था मिलाईको छ । सम्मेलनस्थल नजिक यस अघि रोकिने भाडाका सवारी साधनलाई सम्मेलन अवधीभर भद्रकाली मन्दिर र शहिदगेट बाट पिकअप ड्रपको ब्यवस्था गरिएको र सम्मेलन अवधिभर रिङरोड बाहिर, र रिङरोड भित्र रहेका सबै बसपार्कबाट छुट्ने यात्रुवहाक सवारी साधनलाई २० मिनेटको अन्तरालमा छुटाउने ब्यवस्था मिलाईएको छ ।
जन्तिको गाडी समेत जोर विजोर
हुन त मंगिरमा २० गते एक दिन मात्र लगन छ । तर लगन वास्ता नगरी सार्क सम्मेलनको विवाह गर्नेले समेत सास्ती ब्यहोर्ने भएका छन् । जन्ति चढ्ने गाडीमा समेत जोर विजोर लागु हुने नियम ट्राफिक प्रहरीले लगाएको छ ।
सम्मेलन अवधिभर रणेद्धिप–भद्रकाली,पद्यमोदय – सभागृह, शंकरदेव– पुरानो बसपार्क लगयतका क्षेत्रमा सबै प्रकारका सवारी साधन प्रवेशमा रोक लगाईएको छ ।
राजधानीमा हाल १० लाखको हाराहारीमा सवारी साधन गुड्ने गरेका छन् ।
सार्क सम्मेलनको अवधीमा ट्राफिक प्रहरीले जोर बिजोर प्रणाली लागू गर्दा ३ लाख १७ हजार ३ सय २९ वटा मात्रै सवारी साधन राजधानीमा गुड्ने भएका छन । सवारी मार्गमा १ घण्टाको अवधीमा जोर बिजोर प्रणालीका कारण ३८ हजार ७ सय १७ जना मानिस प्रभावित हुने ट्राफिक प्रहरीको तथ्याङकले देखाएको छ ।

