पीडित संजिला भन्छिन् :छैठो विवाह गर्नका लागि मलाई यातना दिइँदै छ
Advertise Here Book Now

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियर राजकुमार यादवको पाँचौ श्रीमती संजिला आफ्नो पीडा पत्रकारहरुलाई सुनाउँदै सिरहा ,पतिले छैठौं विवाह गर्नकालागि आफूलाई निकाल्न विभिन्न षडयन्त्रसहित पटक–पटक यातना दिने गरेको भन्दै एक पीडित महिलाले न्यायकोलागि गुहार मागेकी छिन् ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–९ कि सञ्जिला देवी यादवले बुधवार पत्रकार सम्मेलन गर्दै यस्तो पीडा पोखेकी हुन् । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजमा ईञ्जिनियर रहेका आफ्ना पति राजकुमार यादवले आफूलाई निकाल्न दुई वर्ष अघिदेखि विभिन्न बहानामा कुटपीट गालीगलौजलगायतका दुव्र्यवहार गर्ने गरेको उनले सञ््चारकर्मीहरुलाई बताईन् ।
राजकुमारले यसअघि चारओटी पत्नीसित पटक–पटक बिवाह गरेको र तीमध्ये दुईको मृत्यू भएको र बाँकी दुईओटीलाई भगाएर २०६७ सालमा आफूसित विवाह गरेको बताउँदै सञ्जिलाले अब अर्को विवाहकालागि आफूलाई समेत विभिन्न बहानामा भगाउने योजनामा लागेको गुनासो गरिन् । दीपावलीको अघिल्लो राति पनि घरमा बाहिरका मान्छे बोलाएर आफूमाथि निर्घात कुट्दै गहनासमेत खोसेको बताउँदै उनले भनिन् ‘मलाई हातखुट्टा बाँधेर यातना दिईयो, भएका गरगहनासमेत खोसेर लगे ।’
मरणासन्न हुने गरी कुटेपछि सहीनसक्नु भएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी गर्न पुगेकी सञ्जिलालाई कार्तिकको पहिलो साता प्रहरीले दुवैपक्षलाई मिलापत्र गराई पठाएको थियो । त्यतिबेला मिलेर बस्ने व्यहोराको कागजमा सही गराईए पनि पतिको यातना बन्द नभएपछि बाध्य भएर तीन हप्तादेखि महदेवा गाविस स्थित माइतीघरको शरणमा पुग्नुपरेको उनले बताईन् । ‘म त त्यतिबेला पनि मिल्ने पक्षमा थिइन’ उनले भनिन् ‘उनी (राजकुमार) कार्यरत अफिसका हाकिमलगायत अन्य पक्षसमेतले दवाब दिएपछि म एक्लीको केही चलेन ।’
आफू यस्तो पटक–पटकको यातनामा पर्नुभन्दा छुट्टै अंश लिएर बस्न चाहेको भन्दै उनले त्यसको लागि सहयोगको आग्रह समेत गरिन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक चक्र बस्नेतले तीनसाता अघि दुवै जनालाई सँगै मिलेर बस्ने भनि कागज गरेर पठाईएको जानकारी दिँदै थप यातनाको बारेमा भने कुनै उजुरी नआएको बताए ।
यता ईन्जिनियर यादवले आफूमाथि लगाईएको आरोप झुठा रहेको भन्दै आफूलाई बदनाम गराउनकालागि प्रपञ्च रच्ने काम भइरहेको बताए । विभिन्न व्यक्तिको उक्साहटमा आएर आफै घरबाट निस्केकोमा जिल्ला प्रहरी कार्यालयमा समेत सँगै मिलेर बस्ने सहमति भए पनि सञ्जिला आफूसँग बस्न नचाहेको बताउँदै उनले भने– मेरो श्रीसम्पति, पसललागायतका श्रोतबाट आर्जन भएको २० लाख ४३ हजार रुपैयाँसमेत लिएर गएको तथा बैंकबाट ४ लाख ४३ हजार रुपैयाँ निकासा गरेको बैंक स्टेटमेन्टबाट मात्र थाहा पाएँ । आफ्नो अन्य श्री सम्पति समेत मास्ने काम गरेकोले बाध्य भएर उनीमाथि जारी धनमाल फिर्ता मुद्दा दायर गरेको ईन्जिनियर यादवले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्