सुरक्षित छैन मलेसियाकाे राेजगारी
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम /मलेसिया केही महिनअघि कम्पनीमा कामका लागि होस्टलबाट हिँडेका मोरङ्गका नविन कार्की, कुमार खवास, धनुषाका कुमार मुखिया र सर्लाहीका मनोजराज यादव लुटेरा समुहको कुटपिटबाट घाइते भए । उनीहरुसँग भएको रकम लुट्न गरिएको आक्रमपछि चारैजनालाई उपचारका लागि भर्ना नै गर्नुपर्यो  । 
घरमा पैसा पठाउन हिँडेका रामेछापका केशव गौतमको लुटेराको आक्रमणबाट झण्डै ज्यानै गयो । लुटेराको आक्रमणबाट गम्भीर घाइते उनले उपचारका लागि केलाङ्ग अस्पतालमा दुई महिनाभन्दा बढी बस्नुपर्यो ।
    मलेसियामा रोजगारी गर्न आएका नेपालीहरु पछिल्लो समय स्थानीय युवाबाट लुटिएका र आक्रमण परेकामध्ये माथिका दुई घटना प्रतिनिधिमात्र हुन् ।
नेपाली युवाको रोजगारीको पहिलो गन्तव्य मलेसियामा पछिल्लो समय असुरक्षित बन्दै गएको छ । दिनरात पसिना बगाएर कमाएको पैसा लुट्ने समूहले ज्यानै लिन थालेपछि नेपाली श्रमिक अफ्ठेरोमा परेका छन् । 
रोजगारी गरेर कमाएको सम्पत्ति सुरक्षितसाथ घर पठाउनै कठिन हुन थालेको यहाँका नेपाली युवाको तितो अनुभव छ । मलेसियामा रहेका ८ लाख नेपाली युवामध्ये दर्जनौ युवा लुटिएका र कुटिएका घटना नभएको दिनै हुँदैन । 
अस्पतालमा उपचाररत गाैतम
नेपालजस्तै हावापानी भएकाले नेपाली युवाको रोजगारीको पहिलो गन्तव्य हो मलेसिया । तर यही मलेसियामा नेपालीहरु अपराधिक समूहबाट आक्रान्त छन् । ‘यहाँका श्रमिकले कमाएको पैसा बंैकमा जम्मा नगरुन्जेल ढुक्कको श्वास फेर्नै पाइँदैन’, झापाका पारस तिम्सिना भन्छन्, ‘होस्टेलबाट वाहिर निस्केपछि पुनः होस्टेल नपुगुन्जेल डरैडरले घेरिरहन्छ ।’
मलेसियामा रहेका तामील समुदायका युवाबाट नेपालीहरु बढी लुटिने गरेका छन् । पाइलामा पाइलामा लुटेराबाट जोगिएर हिँड्नुपर्ने विवशता रहेको मलेसियामा रहेका अर्का नेपाली युवा अनिल कार्की बताउँछन् । 
नेपाली युवाको पैसा लुट्न र आक्रमण गर्ने क्रममा तामिल समुदायका लुटेराले मोटरसाइकलदेखि कारसम्म प्रयोग गर्ने गरेका छन् । लुटेराले पहिचान छोप्न सवारी साधनको नम्बर प्लेट पनि छोप्ने गरेका छन्  । लुट्ने क्रममा पैसा, मोबाइल फोन र अन्य सामाग्री नभेट्टाए तामिलहरुले कुटपिट गरी ज्यानैसम्म लिनेको गरेको सुनसरीका पदम अधिकारी बताउँछन् । 
‘पैसा र अन्य सामान भेट्टाएनन् हतियार प्रयोग गरी घाइते बनाउँछन् र लुटेराको आक्रमणबाट केही नेपाली युवाको ज्यानै पनि गएको छ’, अधिकारी भन्छन्, ‘म आफैँ लुटिइसकेको छु । धन्न ज्यान बचाएँ । अहिले त एक्लै होस्टेलबाट बाहिर जान पनि डर लाग्छ ।’
लुटेरबाट ज्यानै जोगाउन गाह्रो भएपछि नेपाली युवाहरु अहिले बजार र बैंक जाँदा पनि ठूलो समूह बनाएर निस्कने गरेका छन् । तामिल समुदायका लुटेराले धेरैमात्रामा रकम र मोवाइल लुट्ने गर्छन् । 
‘प्रतिकार गर्न खोजे हतियार प्रयोग गरी घाइते बनाइदिन्छन्’, पोर्ट केलाङ्गमा कार्यरत गुल्मीका विष्णु पुरीले लुटेराको आक्रमणाबट खुट्टामा लागेको घाउ देखाउँदै सुनाए, ‘मजस्तै धेरै साथीहरु प्रतिकार गर्न खोज्दा घाइते भई अस्पताल बसेका छन्  । यहाँ ज्यान जोगाउनै गाह्रो छ ।’
लुटेराकाे अाक्रमणमा परेका नेपाली युवा                                                  

यस्तो छ लुट्ने काइदा 

लुटेराले परिचित भएजस्तो नाटक गरी नजिक बोलाएर चक्कुदेखि अन्य हतियार देखाएर लुट्ने गरेको तेह्रथुमका सन्दिप संग्रौला बताउँछन । प्रहरी र स्थानीयकै अगाडि लुटिनुपर्ने बाध्यता रहेको नेपाली श्रमिकहरु बताउँछन् ।
प्रहरी समेत बस्ने बैंक तथा बजारक्षेत्रमै लुटेराहरुको बाक्लो उपस्थिति रहने गरेको छ । उनीहरुको प्रमुख निशाना विदेशी कामदार हुन्छन् । उनीहरुले विदेशी कामदारलाई पहिचान गरेर लुटने गरेको नेपाली युवाहरुको भनाइ छ । 
क्वालालम्पुरमा कार्यरत मकवानपुरका दिनेश कँडेल राम्रा कम्पनीहरुको तलव आउने हेक्कासमेत लुटेराले राख्ने गरेको वताउछन ।

क्वालालाम्पुरमै सुरक्षित छैनन् नेपाली 

मलेसियाको राजधानी क्लालालम्पुर सम्पूर्ण प्रशासनिक केन्द्र हो । तर त्यहीँ पनि नेपाली श्रमिक सुरक्षित छैनन् । अन्य स्थानजस्तै क्वालालाम्पुरमा पनि विदेशी कामदार लुटिने क्रम बढेको श्रमिकहरु बताउँछन् । 
लुटपाटमा परेपछि सहयोग माग्दा प्रहरीले आँखा चिम्लेर बस्ने गरेको नेपाली श्रमिकहरुको गुनासो छ । प्रहरीसँग सहयोग मागेपनि कुनै सहयोग नगरेको डोटीका ताराप्रकाश वम गुनासो गर्छन्  

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्