प्रहरीमा जागिर खान गएका युवतीलाई नांगै पारेर कुमारीत्व परीक्षण
Advertise Here Book Now

indonesian-police-s२१ औं शताब्दीमा यौन खुल्ला बन्दै गइरहेको छ । व्यक्तिको इच्छा अनुसार यौनकार्य गर्ने छुट सबैलाई छ ।
तर, प्रहरीमा भर्ती हुन कुमारीत्व प्रमाणित गर्नुपर्ने नियम सुन्दा तपाईंलाई कस्तो लाग्ला ?
इन्डोनेसियामा भने महिलालाई प्रहरी सेवामा प्रवेश गर्न भर्जिन भएको प्रमाणित गराउनुपर्ने नियम छ ।
यो नियमका कारण युवतीहरुलाई नांगै पारेर कुमारीत्व परीक्षण गर्ने र पास भएमा मात्र प्रहरी सेवामा अवसर पाउने व्यवस्था छ ।
१७ देखि २२ वर्ष सम्मका युवतीहरुलाई मात्र प्रहरी सेवामा लिइने नियम भएको त्यहाँ कुमारीत्व परीक्षण गराएर मात्र सेवा प्रवेश पाउँछन् ।
प्रहरी बन्न चाहने महिलाले यौन कार्य गरेमा उस्ले प्रहरीको जागिर खान पाउने छैनन् ।
कुमारीत्व परीक्षणका लागि २० जना आवेदकका अगाडि उभ्याएर नांगै पार्ने र ढोका नभएको कोठामा दुईदुई जना गरी लगेर जाँच गर्ने गरिन्छ । इन्डोनेसिया प्रहरीको यो कदमलाई महिला अधिकारकर्मीहरुले भने विरोध गरेका छन् ।
तर, इन्डोनेसियाको प्रहरी प्रवक्ताले भने कुमारीत्व परीक्षण गरिएपनि भंग भइसकेकाहरुलाई पनि भर्तीमा कुनै समस्या नभएको दाबी गरेका छन् । महिलाको कुमारीत्व परीक्षण गर्ने नियम इजिप्ट, अफगानिस्तान लगायतका देशमा समेत रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्