दोहोरियो इतिहास: सम्मेलन सकिँदा हात मिलाए सरिफ-मोदीले
Advertise Here Book Now

काठमाडौं, मंसिर ११ – सार्क शिखर सम्मलेन सकिन लाग्दासम्म भारत पाकिस्तानबीच तनाव कायमै रहेकोमा सम्मेलन सकिँदा भने भारत र पाकिस्तानका प्रधानमन्त्रीले लामो समय सम्म हात मिलाएर त्यो तनाव कम गरेका छन् ।

सार्क शिखर सम्मेलन सुरु भएदेखि सबैको आँखा ‘नमो’ र ‘सरिफ’ माथि थियो । धेरैले सार्क सम्मलेनमा दुवैले के गर्ने हो कसरी एक अर्का सामु प्रस्तुत हुने हो भनेर निकै चियोचर्चा थियो । सार्क सकिन लाग्दा सम्म दुवै बीच कुनै औपचारिक भेटघाट कार्यक्रम नहुँदा सम्मेलन त्यतिकै सकिने आशंका गरिएको थियो ।
PM_modi_sharif_saarc650
हिजो भने मोदीले सरिफलाई वेवास्ता गरेका थिए ।
तर, अन्त्यमा दुवैले हात मिलाए र त्यो नै सार्क सम्मलेनको सबैभन्दा चर्चाको विषय बनेको छ । हात मिलाउने बेला उनीहरुबीच केहि समय भलाकुसारी समेत भएको छ । हातमिलाउने क्रममा सरिफको कुरामा मोदी हाँसेका थिए । मादी र सारीफको हात मिलापमा हलमा तालीको फोहोरा छुटेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्