गढीमाइमा आजदेखि बलि सुरु
Advertise Here Book Now


November 2009, Bariyapur: a Nepalese Hindu devotee slaughters a buffalo as an offering to the goddes
अर्को शनिबारसम्म बलि दिइनेछ
ऑनलाइन सिरहा डटकम मंसिर १२/प्रत्येक पाँच वर्षमा लाग्ने बाराको बरियारपुरस्थित गढीमाई मेलामा आज (शुक्रबार) देखि बलि सुरु भएको छ । परम्पराअनुसार विहीबार मध्यरातमा पञ्चबलि दिएपछि शुक्रबारदेखि राँगाको बलि दिन सुरु गरिएको हो । यस्तै, मेलामा आगामी शनिबार बोकाको बलि दिइनेछ । मुख्य पुजारी चौधरी समूदायबाट रहँदै आएको यस मन्दिरमा तान्त्रिक विधिबाट आफैं दीप प्रज्वलित गराएपछि पञ्चबलिको रुपमा सेतो मुसा, सुँगुर, बोका, राँगा, कुखुरा र हाँस बलि चढाउने गरिन्छ । बलिको तिथि नजिकिँदै गर्दा भारत र नेपालका विभिन्न स्थानबाट ठूलो संख्यामा दशनार्थी गढीमाई पुगेका छन् । यस्तै, मन्दिरमा दर्शन गर्ने तथा परेवा उडाउनेहरुको पनि उत्तिकै घुइँचो छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्