पत्रकारलाई ज्यान मार्ने धम्की, प्रशासनसँग कार्बाहीको माग ।
Advertise Here Book Now

राम नारायण पंडित,सिरहा,०७ मंसिर ।

सिरहाको लहानबाट प्रकाशित भईरहेको साक्षी पोष्ट दैनिकका सम्पादक सन्तोष यादब र प्रकाशक विजय यादबलाई अपरिचित व्यक्तिले फोन गरी ज्यान मार्ने धम्की आएका छन् । एनसेलको मोवाइल नम्बर ९८१५७२६१२१ र ९८१५७०१११६ बाट धम्की दिएको हो ।
जिरोमाइल घर बताउने शिवशंकर यादबले शनिवार राति फोन गरी धम्की दिएका छन् । सुरुमा ९८१५७०१११६ नम्बरबाट साक्षी पोष्ट दैनिकका प्रकाशक विजयलाई फोन गरी धम्क्याए । त्यसपछि सोही नम्बरमा फोन गरेर किन धम्क्याएको भनेर सोध्दा सम्पादक यादबलाई ज्यान मार्ने धम्की दिए ।
सम्पादक यादबको मोवाइलमा ९८१५७०१११६ नम्बरबाट रिकल गरी भनेका छन्, ‘तिमिलाई जुनसुकै बेला उत्तर पहाड र इण्डिया पुर्याउन सक्छु । बलान र कमला नदीभित्र पनि गाड्न सक्छु ।’
यता पीडित पत्रकार सन्तोष यादबले धक्की दिनेलाई कानून बमोजिम कडा कारबाही गर्न आज ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । उजुरी लिदै प्रहरी प्रमुख तथा डिएसपी ज्ञानेन्द्र फुयाँलले घटनाको अनुसन्धान गरी धम्की दिनेलाई कारबाही गर्ने बताए ।
कारबाहीको माग
सिरहामा अधिकारको क्षेत्रमा काम गर्दै आएका दर्जनौं संघ संस्थाले विज्ञप्ती निकालेर धम्की दिनेलाई कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।
इन्सेक सिरहा, समग्र विकास सेवा केन्द्र क्षेत्रिय कार्यालय लहान, ओरेक नेपाल सिरहा, मुक्ति नेपाल लहान, प्रेस चौतारी नेपाल, मानव अधिकार संरक्षण केन्द्र संजाल सिरहा, दलित जनकल्याण यूवा क्लव सिरहा, थर्ड एलायन्स, सहयोगी हातहरु, क्रान्तिकारी पत्रकार संघ सिरहा लगायतका संघ संस्थाहरुले विज्ञप्ती निकालेर धम्की दिनेलाई कारबाही गर्न प्रशासनसँग माग गरेको हो ।
संघ संस्थाहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ गालीगलौज र ज्यानमार्ने धम्की मात्रै दिइरहेको पाइएकोले यसप्रति गम्भिर भई छानविन गरी दोषी उपर कार्वाही गर्न र संचारकर्मीहरुको सुरक्षा प्रत्याभुति गराउन प्रशासन र प्रहरी समक्ष आग्रह गर्दछौ ।’
सिरहामा कार्यरत मानव अधिकार रक्षकको रुपमा रहेका संचारकर्मीहरुमाथि विगत केही समयदेखि धम्की र अभद्र व्यवहार भइरहेको अवस्थामा उनीहरुको सूरक्षाको विषय गम्भिर र चुनौतिपूर्ण बन्दै गएको प्रति अधिकारकर्मीहरुले विज्ञप्ती मार्फत चिन्ता व्यक्त गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्